बागलुङमा विद्यालयका ‘क्यान्टिन’ को अनुगमन

आदर्श अनलाइन, बागलुङ
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अगुवाईमा यहाँका केही विद्यालयहरुलाई खाद्य सुरक्षाबारे सचेत गराईको छ । गुणस्तरहीन खाद्यवस्तुको प्रयोगले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने नकरात्मक असरलाई रोक्नका लागि बागलुङ नगरपालिका अन्र्तगतका केही विद्यालयको अनुगमन गरि सचेत गराईएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सहित जिल्ला प्रशासन कार्यालय बागलुङ, बागलुङ नगरपालिका, घरेलु तथा पर्यटन उद्योग कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्त रुपमा अनुगमन गरी खाद्य सुरक्षाबारे जानकारी गराएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्राविधिक सहायक सहन्सा कुमार मेहताले जानकारी दिनुभयो । अनुगमनका क्रममा विद्यालयलाई खाद्य स्वच्छताका आधारभुत मापदण्डको पालना गर्न आग्रह गरिएको थियो ।

विद्यालयले विद्यार्थीलाई खुवाउने खाजाको गुणस्तर मापन गर्नका लागि बिद्यालयका क्यान्टीनको परिक्षण गरिएको मेहताको भनाई छ । खाद्य स्वच्छताका आधारभुत मापदण्डको के कति पालना भईरहेको छ भन्ने बारे बुझ्न अनुमगन गरिएको हो” उहाँले भन्नुभयो अनुगमन गरिएका विद्यालयको अवस्था सन्तोषजनक रहेको छ । उहाँले कमिकमजोरी रहेका बिद्यालयमा सच्चाउन सुझाव दिएकोसमेत बताउनुभयो ।

गुणस्तरहीन सामग्रीको प्रयोगबाट बच्न र बचाउनका लागि अनुगमनलाई निरन्तरता दिने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *