फ्लो फ्लो कपको उपाधि आयोजक गन्नी एफसीलाई

आदर्श अनलाइन, पोखरा
प्रथम फ्लो फ्लो कपको उपाधि आयोजक गन्नी एफसी निलोले जितेको छ । उपाधिसंगै गन्नी एफसीले नगद दुई लाख ११ हजार एक सय ११, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलमा निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले सी फोर्टिन रत्नचोक एफसीलाई पराजित गर्दै उपाधी हात पारेको हो ।

खेलको पहिलो हाफमा रत्नचोकका मनोज नेपालीले गोल गर्दै अग्रता लिएको भएतापनि दोश्रो हाफमा भने रत्नचोक चुक्न पुग्यो । दोश्रो हाफको सुरुमा गन्नीका युनिक गुरुङले सी फोर्टिनका खेलाडीलाई लडाएपछि रेडकार्ड पाएर गन्नी ६ खेलाडीमा सिमित हुन पुगेको भएतापनि दोश्रो हाफको बीचमा गन्नीका सुनिल गोतामेले एक गोल गर्दै खेल बरावरीमा ल्याएका थिए ।

प्रतियोगिताको उपबिजेता सी फोर्टिन रत्नचोकले नगद १ लाख ५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए । खेलमा म्यान अफदी म्याचको उपाधी गन्नी एफसीका सुनिल गोतामेले हात पारे । त्यसैगरी प्रतियोगितामा गन्नीका आकाश रानाभाटले सवोत्कृष्ट खेलाडीको उपाधी सहित ट्रफी र नगद ७ हजार प्राप्त गरे ।

त्यसैगरी सर्वाधिक गोलकर्ता गन्नीकै गणेश क्षेत्रीले नगद ५ हजार प्राप्त गरेभने उत्कृष्ट गोलरक्षकको उपाधी सी फोर्टिनका गोल रक्षक प्रविण गुरुङ घोषित भए । उपाधी संगै गुरुङले नगद ५ हजार प्राप्त गरे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *