संगम सहकारीको रक्तदानमा ३० युनिट रगत संकलन

आदर्श अनलाइन, पोखरा
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदानमा ३० युनिट रगत संकलन भएको छ । सहकारीले आयोजना गरेको निःशुल्क सुगर प्रेसर जांच सहितको रक्तदानमा ३० जनाले रक्तदान गरेका थिएभने ७० जनाले निशुल्क सुगर तथा प्रेसर जांचबाट लाभ लिएका थिए ।

सो कार्यक्रमको उद्घाटन गर्दै सह प्राध्यापक डाक्टर नम्रता केसी थापाले रक्तदानले रक्त अभावमा रहेकाहरुलाई जीवन वचाउन सहयोग पुग्ने वताउनुभयो । रगतहरुले धेरैको जीवन बचाउन सहयोग पुग्ने वताउदै रगत दिदा दिनेलाई पनि फाइदा र लिनेपनि फाइदा हुने उहाँको भनाइ रहेको थियो ।

सुगर र प्रेसरको जाच बेला बेलामा गर्ने र यसको समयमानै औषधी सुरु गर्न सकेमा यसको असरबाट बच्न सकिने वताउदै ब्याम र खानालाई ध्यान पु¥याए प्रेसर र सुगरबाट बच्न सकिने उहाँको भनाइ रहेको थियो ।

सहकारीका उपाध्यक्ष बुद्धिमान थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संचालक समिति सदस्य तथा शिक्षा, तालिम तथा सुचना उपसमिति संयोजक तिलक थापालेगर्नुभएको थियो । प्रादेशिक रक्त सञ्चार केन्द्र गण्डकी प्रदेश र ग्यालेक्सी हस्पिटलको प्राविधिक सहयोग रहेको कार्यक्रम संयोजक तुल बहादुर गुरुङले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *