हस्तकला सघं बागलुङको अध्यक्षमा श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ
बागलुङ हस्तकला संघ बागलुङको १३ औ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

अधिवेशनले पुष्पकिरण श्रेष्ठ सैजुको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितीको उपाध्यक्षमा ज्योती श्रेष्ठ, महासचिव सम्झना श्रेष्ठ, सचिव शर्मिला जोशी र कोषाध्यक्षमा सविना राजभण्डारी रहनुभएको छ ।

यसैगरी समितिका सदस्यहरुमा शुभ श्रेष्ठ, शकुन्तला श्रेष्ठ, सुनयना राजभण्डारी, यमुना शाक्य रहनुभएको छ । सल्लाहकारहरुमा ईश्वर मलेपति, मुकेशचन्द्र राजभण्डारी, मच्छिन्द्र शाक्य र शशिकिरण श्रेष्ठ रहनुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै संघका प्रमुख संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाले महिलाहरुको नेतृत्व र क्षमता बिकासका लागि हस्तकला संघले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । हातले निर्माण गरेका सामग्रीको राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा चिनाउनका लागि हस्तकलाको गरेको योगदान प्रशंसनिय रहेको उहाँको भनाई छ ।

सो अवसरमा संस्थामा महत्वपुर्ण योगदान गरेको भन्दै शशिकिरण श्रेष्ठलाई नगद र प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा सल्लाहकार ईश्वर मलेपति, मुकेशचन्द्र राजभण्डारी, चयनदेबी श्रेष्ठ, महिला उद्यम बिकास समितिका अध्यक्ष अर्चना पालिखे र सुन्दरी श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष पुष्पकिरण श्रेष्ठ सैजुको अध्यक्षता, सदस्य शकुन्तला श्रेष्ठको स्वागत मन्तव्य र सचिव सम्झना श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *