स्ववियू निर्वाचनमा सहयोग गर्न अनेरास्ववियु बागलुङको आव्हान

आदर्श अनलाइन, बागलुङ
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनमा अनेरास्ववियुलाई सहयोग गर्न अनेरास्ववियू बागलुङले अपिल गरेको छ ।

अनेरास्ववियू बागलुङका अध्यक्ष रोशन जिसीले आइतवार एक अपिल जारी गर्दै आगामी स्ववियू निर्वाचनमा अनेरास्ववियुलाई साथ दिई अनेरास्ववियुका उमेदवारहरुलाई विजयी गराउन आव्हान गर्नु भएको हो ।

बागलुङ जिल्लाका विभिन्न क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोगका लागि आव्हान गर्दै अपिलमा भनिएको छ,–‘सदैव विद्यार्थीहरुको हक अधिकारका पक्षमा वकालत गर्नुका साथै राष्ट्रियता र सामाजिक न्यायका पक्षमा अग्रमोर्चामा रहेर काम गर्दै आएको संगठन अनेरास्ववियु हो, त्यसैले अनेरास्ववियूलाई सहयोग गर्न आव्हान गर्दछौ ।’

विद्यार्थीहरुको हक हितका पक्षमा रहेको संगठनलाई स्ववियू निर्वाचनमा विजयी गराउन अपिल मार्फत अनुरोध गरिएको छ । विद्यार्थीका हक हितसंगै राष्ट्रियता, जनजिविका लगायत आम सरोकारका विषयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको र आगामी दिनमा पनि यो संगठनले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउदै अगाडि बढ्ने अध्यक्ष जिसीले बताउनुुभयो ।

स्ववियू निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवाला पक्षसंग अनेरास्ववियुले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *