निर्वाचनमा सहयोग गर्न नेविसंघको अपिल

रोहन जि.सी, बागलुङ

आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनमा नेविसंघलाई सहयोग गर्न नेपाल विद्मार्थी संघ धौलागिरी बहुमुखी क्याम्पस कमिटी बागलुङले अपिल गरेको छ ।

नेपाल विद्मार्थी संघ धौलागिरी बहुमुखी क्याम्पस कमिटिका सभापति दिनेश पन्तले आइतवार एक अपिल जारी गर्दै आगामी स्ववियू निर्वाचनमा नेविसंघलाई साथ दिई नेविसंघका उमेदवारहरुलाई विजयी गराउन आव्हान गर्नु भएको हो ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोगका लागि आव्हान गर्दै अपिलमा भनिएको छ,–‘विद्यार्थीहरुका शैक्षिक मुद्धाहरु शसक्त रुपमा उठान गर्नका लागि जिवन्त राखिराख्ने संगठनको रुपमा रहेर काम गर्दै आएको संगठन नेविसंघ हो, त्यसैले नेविसंघलाई सहयोग गर्न आव्हान गर्दछौ ।’

विद्यार्थीहरुको हक हितका पक्षमा रहेको संगठनलाई स्ववियू निर्वाचनमा विजयी गराउन अपिल मार्फत अनुरोध गरिएको छ । विद्यार्थीका हक हितसंगै राजनैतिक, सामाजिक, शैक्षिक लगायतका कार्यमा रहेर काम गर्दै आएको र आगामी दिनमा पनि यो संगठनले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउदै अगाडि बढ्ने सभापति पन्तले बताउनुुभयो ।

स्ववियू निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवाला पक्षसंग नेविसंघले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *