होली मर्यादित बनाउन म्याग्दी प्रहरीको आग्रह

आदर्श अनलाइन, म्याग्दी

जिल्ला प्रहरी कार्यालय म्याग्दीले नेपालीहरुको रंगिन चाडका रुपमा लिइने फागु पूर्णिमा अर्थात् होलीलाई मर्यादित बनाउनका लागि आग्रह गरेको छ ।

प्रहरीले होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्यकर र मर्यादित तबरले मनाउनका लागि आग्रह गरेको छ । प्रहरीले होलीको समयमा रङ बाहेक अण्डा, मोविलm लोला तथा फोहोर पानिको प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपिल जारी गर्दै सभ्य एवम् सुरक्षित तरिकाले होली पर्व मनाउन आम सर्वसाधारणमा अनुरोध गरेको छ । होलीका नाममा तिव्रगतिमा सवारी साधन नचलाउन, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन समेत आग्रह गरेको छ ।

प्रहरीले होली खेल्दा अण्डा, मोविलm लोला, फोहोर पानी हानेमा तथा इच्छा विपरीत जवरजस्ती रंग अविर दलेमा कानुन बमोजिम कार्वाही हुने जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *