ढुङ्गाना बने राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्ष

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चा बागलुङको सातौँ जिल्ला सम्मेलनबाट अध्यक्षमा राजेन्द्र ढुङ्गाना निर्वाचित हुनु भएको छ । ढुङ्गानाको नेतृत्वमा ३५ सदस्यीय पूर्ण र ११ वैकल्पिक गरि ४६ सदस्यीय समिति सर्वसम्म निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा खिमविक्रम शाही, सचिवमा भिमलाल पोखरेल, सहसचिव शान्ताकला शर्मा र कोषाध्यक्षमा दिपक थापा निर्वाचित भएको निर्वाचन समितिका संयोजक नरबहादुर पुनले जानकारी दिनुभयो ।

सदस्यहरूमा कृष्ण पौडेल, लक्ष्मी बास्कोटा तिर्थसिंह थापा, नेत्र बुढाथोकी, थानेश्वर सुवेदी, लक्ष्मण पुन, दिलबहादुर श्रीस, पदम श्रेष्ठ, हिरा बहादुर थापा, रुद्रा केसी, धनबहादुर अदै, लोकनाथ शर्मा, बोम बहादुर थापा, थमन घर्ती मगर, ठाकुर प्रसाद शर्मा, पन बहादुर बि.क, विष्णु बस्नेत, कृष्ण पुन, आशा केसी, तम बहादुर घर्ती, गोपाल पौडेल, टीका सङ्गम विक, रुमाकान्त गौतम, सोमन्ता सलामी, खड्क विक,योगेन्द्र राज पौडेल, कमला पाण्डे, लाल बहादुर राना, रिता खत्री कार्की, इश्वरमान विक रहेका छन् ।

वैकल्पिकमा सदस्यहरुमा प्रेम प्रसाद गौतम, पुनिकला बुढा, प्रेम बहादुर रोका, दान बहादुर थापा, गणेश चोखाल, रिम बहादुर थापा, नैनसिंह थापा, जङ्ग बहादुर बलाल थापा, निम कुमारी भण्डारी, देवी खत्री, पूर्ण बहादुर परियार रहेका छन् ।

सम्मेलनले ११ सदस्यी सल्लाहकार समितिसमेत चयन गरेको छ । सल्लाहकारमा अमर थापा, नर बहादुर पुन, काजीगाउँले श्रेष्ठ, तिलक थापा, भिमसेन वन, टंक बहादुर केसी, टेक बहादुर आर सि, अर्जुन बहादुर खत्री, घनश्याम सुनार, पृथ बहादुर श्रीस र टिकाराम शर्मा रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष ढुङ्गाना जिल्ला समन्वय समिति बागलुङका पूर्व संयोजक हुनुहुन्छ । यसभन्दा अगाडि अम्मरबहादुर थापा अध्यक्ष हुनुहुन्थ्यो । उहाँ हाल जिल्ला समन्वय समिति बागलुङको संयोजक हुनुहुन्छ ।

शुक्रबारदेखि सुरु भएको सातौँ जिल्लला सम्मेलनलाई केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्नु भएको थियो । दुई दिन प्रशिक्षण कार्यक्रम संचालन गरि आज निर्वाचन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *