सेयर सदस्यलाई सहकारी शिक्षा तथा क्षमता विकास तालिम

आदर्श अनलाइन, पोखरा
पोखरा १ बगरमा रहेको आस्था बचत तथा ऋण सहकारी संस्थाले संस्थामा नवप्रवेशी सेयर सदस्यका लागि सहकारी शिक्षा तथा क्षमता विकास अभिमुखीकरण तालिम प्रदान गरेको छ ।

तालिममा संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले संस्थाले समय समयमा सहकारीका सदस्यलाई सहकारी शिक्षा तथा बिभिन्न खालका तालिम प्रदान गरेको खण्डमा सहकारीमा नव प्रवेशीहरुको आकर्षण बढ्ने बताउनुभयो । सदस्यहरुको क्षमता अभिवृद्धि तगा संस्था प्रति अपनत्व बढाउन यस्ता तालिमहरुले सहयोग पुग्ने उहांको भनाइ रहेको थियो ।

संस्थमा पुरुष ९ सस ७०, महिला ९ सय २३ र संस्थागत ११ गरी १ हजार ९ सय ४ सेयर सदस्य छन् । सहकारीका अध्यक्ष तथा शिक्षा उपसमिति संयोजक हसिना बस्नेतले सेयर सदस्यलाई नेतृत्व विकासका लागि गर्नुपर्ने काम र प्रक्रियाका बारेमा प्रकाश पार्नुभएको थियो भने संस्थाका कार्यकारी अधिकृत नारायणप्रसाद आचार्यले सहकारी शिक्षा र सहकारीको अवधारणबारे प्रशिक्षण दिनुभएको थियो ।

तालिममा २५ जनाको सहभागिता थियो । कार्यक्रममा शिक्षा उपसमितिका सदस्य हरिप्रसाद देवकोटाले समेत आफ्नो भनाइ राख्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *