चापापानी सिद्धार्थ सहकारीद्वारा सदस्यहरुलाई सहकारी शिक्षा तालिम

आदर्श अनलाइन, पोखरा
पोखरा १२ पुरानोधारामा रहेको चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा आवद्ध सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । उक्त तालिममा भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशका सहकारी रजिष्टार तथा प्रवक्ता चोलाकान्त वाग्लेले सहकारीका सदस्यहरुलाई सहकारी शिक्षा तालिमले सदस्यहरुलाई सहकारीको बारेमा बुझ्ने मौका प्रदान गर्ने बताउनुभयो ।

चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेशबहादुर कार्कीले चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था कास्कीका औंलामा गनिने सहकारीहरु मध्यमा चिनिने संस्था भएको बताउनुभयो । कार्यक्रममा दैवी प्रकोपमा परेकी सेयर सदस्य अग्नि पीडित योगमाया गुरूङलाई कल्याणकारी कोषबाट २० हजार तथा सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत चापापानी आमा समूहको भवन निर्माणका लागि १५ हजार सहयोग गरेको थियो ।

सहकारी संस्थाका अध्यक्ष नरेशबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव श्यामप्रसाद साँखीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सहकारीका सहसचिव तथा कार्यक्रम संयोजक दीपक कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियोभने सहकारीका व्यवस्थापक करुणा शाहीले सहकारीका सात सिद्वान्त बाचन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *