धौलागिरि साहित्य प्रतिष्ठान बागलुङको अध्यक्ष काजी रोशन

आदर्श अनलाइन बागलुङ

धौलागिरि साहित्य प्रतिष्ठान बागलुङको साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले संस्थापक अध्यक्ष काजी रोशनको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको छ ।

२ सदस्य पछि थप गर्ने गरि गठन भएको समितिको प्रवन्ध समिति सदस्यमा श्याम श्रेष्ठ, बरिष्ठ अधिबक्ता पद्यमनाथ शर्मा, हरिप्रसाद पाण्डेय, हरिप्रसाद गौतम र सदस्य सचिवमा राम थापा अविरल रहनु भएको छ ।

सदस्यमा बागलुङबाट गुणराज पौडेल गुराँश, देवबहादुर श्रेष्ठ, ताराप्रसाद शर्मा, कोपिला कँडेल, धनराज सापकोटा जिज्ञासु, गणेशप्रसाद शर्मा, पर्वतबाट सरस्वती शर्मा जिज्ञासु, म्याग्दीबाट हिरा शर्मा संघर्ष र मुस्ताङबाट भिमबहादुर रसाइली रहनु भएको छ ।

कार्यक्रममा बागलुङका स्रष्टा ताराप्रसाद शर्माले साहित्यमा हामी र पर्वतका स्रष्टा सरस्वती शर्मा जिज्ञासुले बर्तमान साहित्यीक स्थितीका बिषयमा आ– आफ्नो प्रस्तुती राख्नु भएको थियो ।

कार्यक्रममा प्रवन्ध समिति सदस्य तथा धौलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेय, उपप्रध्यापक गणेशप्रसाद शर्मा र समाजसेवी देवबहादुर श्रेष्ठले मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, प्रवन्ध समितिका सदस्य श्याम श्रेष्ठको स्वागत र सदस्य सचिव राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *