लोकदीप बचत तथा ऋण सहकारीकाे स्थापना दिवसमा निबन्ध लेखन प्रतियोगिता

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको स्थापना दिवसको पूर्वसन्ध्यामा माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।

बेनी सामुदायिक माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा म्याग्दीका सात र छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकबाट एक गरी आठ विद्यालयको सहभागिता रहेको थियो । उच्च शिक्षा अध्ययनको लागि बाल बचतको महत्व, समाज रुपान्तरणमा सहकारी, ‘वर्तमानको बचत भविष्यको आधार’ शिर्षकमा निबन्ध लेखन प्रतियाेगिता संचालन गरेकाे संस्थाका अध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो ।

सहकारीको १० औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको सहकारी शिक्षा अन्तरगतको उक्त कार्यक्रमको संयोजकत्व संस्थाका शिक्षा उपसमिति संयोजक खोमराज उपाध्यायले गर्नुभएको थियो । प्रबन्धक नेत्रराज सुबेदीले संस्थाको बारेमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।

उक्त प्रतियोगितामा प्रथम द्वितीय तृतीय र सान्त्वना हुने विद्यालयलाई आगामी चैत्र १२ गते संस्थाको स्थापना दिवसको दिन औपचारिक कार्यक्रममा पुरस्कार वितरण गरिने संस्थाका प्रबन्धक सुबेदीले जानकारी दिनुभयो । विजेतालाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र सान्तवनालाई एकएक हजार रुपियाँ नगद तथा प्रमाणपत्र उपलब्ध गराइने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *