घुम्टे युवा परिवार जापान शाखाद्धारा महिला दिवसको अवसरमा राहत सामग्री वितरण

आदर्श अनलाइन, बागलुङ
१ सय १३ औं महिला दिवसको अवसरमा गलकोट नगरपालिका वडा नम्वर ७ मा राहत सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । घुम्टे युवा परिवार जापान शाखाको आयोजना, गलकोट नगरपालिका वडा नम्वर ७ वडा कार्यालय र महिला जागरण केन्द्र गलकोट नगरपालिका वडा नम्वर ७ को समन्वयमा १ सय १३ औं महिला दिवसको अवसरमा राहत सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै मल्म स्वास्थ्य चौकीका प्रमुख अनिता कार्कीले महिलाहरुले आफ्ना हक अधिकार सुनिश्चित गर्नका लागि हरेक कुरामा अग्रसर हुनुपर्ने बताउनुभयो ।

उहाँले सामाजिक संस्थाले नारी दिवसको अवसरमा महिलाहरुको दैनिक जिवनसँग जोडिएको सामग्री सहयोग गर्नु आफैमा प्रशंसनीय कार्य रहेको बताउनुभयो । कार्कीले सामाजिक संघसंस्थाहरुले महिलाको सामाजिक अवस्थालाई माथि उकास्ने खालका क्रियाकलापहरुमा केन्द्रित हुनुपर्ने कुरामा जोड दिनुभयो ।

सो अबसरमा गलकोट नगरपालिका वडा नम्वर ७ का ३२ जना विपन्न परिवार, एकल र अपाङ्ग महिलाहरुलाई राहत सामग्री र जनहित माद्यमिक विद्यालयका कक्षा ६ देखी १२, प्रगती आधारभुत विद्यालय, दिपज्योती आधारभुत विद्यालयका कक्षा ६ देखी ८ र गलकोट बोर्डिङ स्कुलका कक्षा ६ देखी १० सम्मका छात्राहरुलार्ई सेटेनरी प्याड वितरण गरिएको घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष दुर्गा थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ७ का वडा सदस्य यशुदा थापा, निवर्तमान वडा सदस्य पद्मा नेपालीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम महिला जागरण केन्द्र गलकोट नगरपालिका वडा नम्वर ७ का अध्यक्ष ललिता थापाको अध्यक्षता, उपाध्यक्ष थुम कुमारी थापाको स्वागत र सचिव सरस्वती थापा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *