मित्रता सहकारीका संचालक र सदस्यहरुबीच अन्तरक्रिया

आदर्श अनलाइन, पोखरा
पोखरा १० मा रहेको मित्रता बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका संचालक र सदस्यहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारीको भावी योजना सम्बन्धी विषयलाई लिएर दुई दिन सम्म उक्त कार्यक्रम सञ्चालन भएको हो ।

अन्तरक्रिया कार्यक्रममा संचालक र सदस्यहरुबीच अन्तरक्रिया, हाल सहकारीहरुमा देखा परेका समस्या र बहुद्धेश्यीय सहकारीको भावी योजनाको विषयमा गहन छलफल भएको सहकारीका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रमबाट सहकारीमा संचालक र सदस्यहरुबी सम्बन्ध सुमधुर बनाउने, हाल सहकारीहरुमा देखिएता पनि मित्रतामा कुनै समस्या नरहेको र मित्रतामा कुनैपनि दिनमा समस्या नआउने गरी आफुहरु अगाडी द्दढिरहेको सञ्चालकहरुले वताएका थिए ।

छोटो समयमै सफलता हासिल गरीसकेको सहकारी भएकाले सदस्यहरुले बहुउद्देश्यको उद्देश्य अनुरुप लगानी गरी अगाडी बद्नको लागि सल्लाह दिएका थिए ।
छलफल कार्यक्रममा सहकारीको बिस्तृत जानकारी उपाध्यक्ष तथा संयोजक पूर्ण कुमार श्रेष्ठले दिनुभएको थियो भने बजार र सदस्यहरुको मन मनमा मित्रता रहेको जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव नबिन श्रेष्ठले गर्नुभएको थियो भने आर्थिक बिवरणको जानकारी कोषाध्यक्ष बुद्धिराज भट्टराईले दिनुभएको थियो । कार्यक्रममा सदस्यहरुको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *