बहुमुल्य जडिबुटी सहित दुई पक्राउ


आदर्श अनलाइन, बागलुङ

बहुमुल्य जडिबुटी सुनाखरी सहित दुई जनालाई बागलुङ प्रहरीले पक्राउ गरेको छ ।

१३८ केजी बहुमुल्य जडिबुटी सुनाखरी, जंगली च्याउ २२ केजी र वन लसुन ९ केजी सहित जिल्ला प्रहरी कार्यालय बागलुङले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

अवैध जडिबुटी ओसारपोसार गरेको विशेष सुराकीको आधारमा लु१ज ४५२६ नम्बरको पीक अप जीप सहित निसीखोला गाउँपालिका–५ कारीगाउँ बस्ने मिलन भण्डारी र निसीखोला गाउँपालिका–४ कानाबगर बस्ने रेशम बहादुर मल्ललाई पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो । पक्राउ गरेका दुबैलाई जडिबुटीसहित आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय, बागलुङमा बुझाइएको छ ।

गोठमा आगलागी गर्ने पक्राउ

यस्तै जिल्ला प्रहरी कार्यालय, बागलुङले गोठमा आगलागी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बागलुङ जिल्लाको बरेङ गाउँपालिका–४ ठोलोसौरा सल्यान निवासी मेघनाथ शर्माको गोठमा आगलागीमा सम्लग्न सोहीस्थानका लिलामणी शर्मा गौतमलाई पक्राउ गरेको छ ।

गोठमा फागुन २३ गते राती आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको सूचना अधिकारी मदन केसीले बताउनुभयो । केसीका अनुसार आगलागीमा सम्लग्नको खोजी गर्ने क्रममा फागुन २४ गते नियन्त्रणमा लिई २५ गते जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *