आजकाे मौसम : चट्याङ्गसहित पानी पर्ने सम्भावना

आदर्श अनलाइन, काठमाडौं
मौसममा आज पनि आंशिक बदली भएको छ । आज देशका केही भागमा चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

आइतबार पनि देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *