मुस्ताङको मार्फाका थकालीहरु तेरमी पर्व मनाउँदै

अमृत बास्कुने, म्याग्दी
मुस्ताङको चर्चित गाउँ मार्फामा बसोबास गर्ने थकालीहरूको महत्वपूर्ण पर्व ‘तेरमी’ पर्व बुधबारदेखि मुस्ताङमा संचालन भइरहेको छ । मुस्ताङको मार्फा क्षेत्रमा बसोबास गर्ने थकाली समुदायले यो पर्व सात दिनसम्म मनाउने गर्दछन् । पहिलो दिन भेटघाट भए पछि अन्य छ दिन सम्म हुने कार्यक्रममा मुख्य रुपमा अन्य गतिबिधि अन्तरगत युवाहरुको दुई समूह भाले(फो) र पोथी(म्हो) समूह बनाएर तारा खेल(आर्चरी) खेल्ने गरिन्छ ।

थकाली समुदाय अन्तर्गत थाकखोला क्षेत्रमा बसोबास गर्ने र अन्य थकाली समुदायले पनि ‘तोरन्ल’ र ‘त्युङ्ला’ पर्व मनाउने गर्दछन् । फागुपूर्णिमाकै वरपर मनाइने यस्ता पर्वहरुको आ–आफ्नै तबरले ब्याख्या गरिने भए पनि तरेमी पर्वलाई मार्फा क्षेत्रमा निकै महत्व दिने गरिन्छ । तेरमी, तोरन्ल र त्युङ्ला पर्वको शाब्दिक अर्थ करिब उस्तै भएपनि मनाउने तरिका र विधि केही फरक रहेको मार्फाका युवा दिपक लालचनको भनाई छ ।

No description available.

मुस्ताङ जिल्लाको कागबेनीदेखि तल घाँसा देखि माथिको क्षेत्रलाई सामान्यतया थाकखोला भनिन्छ । हिन्दुधर्मावलम्बीहरुल्े विश्वभर फागु पूर्णिमा मनाउँदै गर्दा थाक क्षेत्रका थकालीले भने तरेमी, तोरन्ल, तथा त्युङ्ला पर्व मनाउने गर्दछन् लालचनले बताउनुभयो ।

स्थानीय शक्तिलाल ज्वारचनका अनुसार पहिलो दिन भेटघाट मात्रै हुने र त्यस पछिका छ दिन तारा खेल तथा नाच गान गरेर मनाउने गरिन्छ । फागु पूर्णिमाको दिनबाट शुरु भएको पर्व सप्तमीमा सकिने उहाँको भनाई छ । हरेक चिजहरु दुई समूह विभाजन गरेर गरिने उहाँको भनाई छ । तारा खेल, गित तथा अन्य नृत्य र भोजका लागि सामुहिकता नै हुने ज्वारचनको भनाई छ ।

No description available.

समग्र थकालीहरुले तोरन्ल पर्व मनाए जस्तै गरी मार्फा क्षेत्रमा बसोबास गर्ने तथा जन्मेका थकाली समुदायको पर्व तेरमी बसन्त ऋतुको आगमनलाइ स्वागत गर्ने हेतुले मनाइने गरेको पनि पाइन्छ । हिउँदयाम सकिएको र चिसो बिदा हुँदै गर्मीको आगमनको रुपमा पनि यो पर्वलाई मुख्य रुपमा मनाइन्छ । यो पर्वको समयमा मुख्य रुपमा आफ्ना दिवंगत पित्तृलाई सम्झिएर पूजा गर्ने गरिन्छ । थकाली समुदायका महिलाले मध्यरातमा उठेर तीन दिनसम्म पित्तृलाई चोखो पानी तथा खानेकुरा चढाउँछने र पूजा गर्दा पित्तृको उद्धार भई आर्शिवाद दिने मार्फा क्षेत्रका थकालीहरुको विश्वास छ ।

सामान्यतया दशैं तिहारको आगमनमा अन्यत्र हुने जस्तै यो पर्वको आगमन पूर्व सन्ध्यामा आफ्ना घर आगन सरसफाइ गर्ने र रंगलगाउने गरिन्छ । घर भित्रका भाँडावर्तनहरु सफा गर्नुका साथै आफ्ना चेलीबेटीहरुलाइ पनि निम्ता गरेर बोलाएरै पर्वमा सहभागी बनाइने स्थानीयको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *