आदर्शद्वारा सुत्केरी भेटघाट र पोषण भत्ता प्रदान

मनकुमारी केसी, बागलुङ

आदर्श सञ्चार सहकारीले संस्थाका बजार प्रतिनिधि मनिसा जिसी भण्डारीलाई सुत्केरी भेटघाट तथा पोषण भत्ता वितरण गरेको छ । सहकारी सञ्चार सहकारीको बजार प्रतिनिधिको रुपमा कार्यरत जिसीलाई दुइ महिना अघि पुत्री लाभ भएको हो ।

सहकारीले संस्थामा कार्यरत महिला कर्मचारी सुत्केरी हुँदा सुत्केरी भेटघाट र पोषण भत्ता प्रदान गर्दै आएको छ । संस्थाका प्रबन्धक दिपकराज सापकोटाले भण्डारीलाई पोषण भत्ता स्वरुप रु. तीन हजार र छोरी पुर्णीमा भण्डारीको दीर्घकालिन खाता सञ्चालनका लागि रु. एक हजार प्रदान गर्नुभएको थियो ।

पोषण भत्ता प्रदान गर्ने कार्यक्रममा कर्जा विभाग प्रमुख रुपादेवी ढकाल, सह–सम्पादक सिर्जना पन्त, खेमराज गौतम सुवास, शेयर सदस्यद्वय अनिस खाती र पार्वती थापाको उपस्थिती रहेको थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसँगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *