सिलिङ्गे सहकारीद्वारा बिउविजन वितरण

आदर्श अनलाइन, पोखरा
पोखरा २६ को कालिका चोकमा रहेको सिलिङ्गे कृर्षि उत्पादन सहकारी सस्थाले किसान प्रोत्साहनका लागि लहरे वाली र अदुवाको विउ बितरण गरेको छ । आफना सेयर सदस्यहरुलाई निर्र्बाहामुखि कृषिमा नभई आय मुलक कृर्षिमा जोडिनु पर्छ भन्ने सन्देस दिने उद्देश्यले सस्थाले हरेक वर्ष जस्तै यस वर्ष पनि अगुवा किसानहरुका लागि अनुदानमा लहरे वालीको विउ र अदुवाको विउ बितरण गरेको हो ।

किसानहरुलाई विउ वितरण गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष नरेन्द्र थापाले कृर्षिमा आत्मनिर्भर हुनका लागि सवै वडावासीले आफनो करेसावारीमा वा खेत तरकारी लगाएर कृर्षि जन्य उत्पादन खरिद होईन विक्रि वितरणको गर्न सक्ने गरी मेहनेतका साथ अगाडी वढ्न आग्रह गर्नुभयो ।
हाम्रो भन्छामा प्रयोग हुने दैनिक उपभोग्यको तरकारीमा धेरै पौसा खर्च भईरहेको अवस्थामा सहकारीहरुले आफना सेयर सदस्यहरुलाई उत्पादनमा जोडिने गरि सहुलियत दरमा विउ बिजन वितरण गर्ने जुन योजना अगाडी सारेको छ त्यो कार्य प्रशंसा योग्य भएकाले कृर्षिलाई आधुनिकरणको माध्यमबाट आयआर्जनमा जोडिनु पर्ने आवस्यकता रहेको छ वडा अध्यक्ष थापाको सुझाव रहेको थियो ।

सस्थाका अध्यक्ष ठाकुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा कृर्षि सञ्जाल पोखरा २६ का संयोजक केशव ढुगाना, सस्थका सल्लाहकार मुरारी शर्मा, विउविजन वितरण कार्यक्रमका संयोजक सुर्य प्रकाश बंंजरा लगाएतले सहकारीले अगाडी सारेका योजनमा सेयर सस्दस्यहरुको साथ र सहयोग अनिवार्य भएकाले धारणा राखेकाथिए ।

सस्थाका सचिव ईश्वरी प्रसाद अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष यदुनाथ बरालले गरेका थिए । कार्यक्रममा सस्थाका दुई सय भन्दा वढि सेयर सदस्यहरुलाई विउ विजन र करिव सात सय केजी अदुवाको विउ वितरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *