स्ववियु निर्वाचन : धवलागिरि क्याम्पसका निर्वाचन अधिकृतले दिए राजीनामा

आदर्श अनलाइन, बागलुङ
स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पस बागलुङका निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले राजीनामा दिनुभएको छ । न्यौपानेले निर्वाचनका सम्पूर्ण कार्यतालिका क्याम्पसमा विकसित घटनाक्रमले गर्दा प्रभावित बनेको र निर्धारित समयमा चुनाव गराउने वातावरण नभएको भन्दै राजीनामा दिनु भएको हो ।

केही दिन अघि अखिल क्रान्तिकारीसहितका केही विद्यार्थी संगठनले सबै मतदाताको एकै प्रकारको परिचयपत्र बनाउनु पर्ने, फर्जी विद्यार्थी भर्ना भएकोमा मतदाताबाट हटाउनु पर्ने माग गरेर निर्वाचन कार्यालयमा ताला लगाएका थिए । विद्यार्थी संघठनले ताला लगाएपछि मनोनयन दर्ता रोकिएको थियो भने त्यस यताका कुनै पनि निर्वाचन गतिविधि हुन पाएका थिएनन् ।

मंगलबार विहान नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले उक्त ताला फोडेका छन् । नेवि संघले ताला फोडेपछि वामपन्थी विद्यार्थी संघठन र नेवि संघले नारा जुलुस गरेका थिए । तोकिएको मनोनयन तालिकामा प्रकृया नथालेको भन्दै सोमबार साँझ क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय र निर्वाचन अधिकृत भक्तीराम न्यौपानेसहितको समूहलाई नेवि संघमा आवद्ध विद्यार्थीहरुले कार्यकक्षमै थुनेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *