सामुदायिक वनमा स्थलगत अभ्यास

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको उत्तरी भेकमा पर्ने हरियाली खल्चुदेउराली सामुदायिक वनको संरक्षण र सम्बद्र्धनलाई थप व्यवस्थीत गर्ने हेतुले वनको स्तलगत अभ्यास कार्यक्रम शुरु गरीएको छ ।

दुई दीन सम्म चल्ने अभ्यासमा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा उपभोक्ताहरुको सहभागिता रहेको छ । रघुगंगा गाउँपालिकामा रहेको सब डिभिजन वन कार्यालयको आयोजनामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय म्याग्दीका कार्यालय प्रमुख डिभिजन वन अधिकृत मनोज रानाभाटले सहजीकरण गर्नुभएको थियो ।

वनको संवद्र्धन तथा संरक्षण कसरी गर्ने जोगाउने र दिगोपनका लागि के कस्तो कार्य गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण भएको थियो । दुई दिन सम्म चल्ने कार्यक्रमको पहिलो दिन थ्यौरी भएको र दोश्रो दिन वन क्षेत्रमै गएर अभ्यास गरिने डिभिजन वन कार्यालय म्याग्दीका योजना अधिकृत नरवहादुर क्षेत्रीले बताउनुभयो ।

औपचारीक कार्यक्रमको उद्घाटन सत्रमा सव डिभिजन कार्यालयका रामजी शर्माको सञ्चालन, वन रक्षक खडानन्द शर्माको स्वागत, हरियाली खल्चेदेउराली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख रानाभाट, योजना अधिकृत नरवहादुर क्षेत्रीलगायतको उपश्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *