रुपातालको प्रचारप्रसार गर्न रुपा किनारमा सिस्टेनी मेला

आदर्श अनलाइन, पोखरा
रुपातालको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन रुपाताल किनारमा सिस्टेनी मेला हुने भएको छ । परापूर्व कालदेखी आयोजना हुदै आएको पुरानो मेलालाई ब्युताउने उद्देश्यले शान्तिरुपा बराहथोेक तमु युवा परिवारले आगामी चैत्रको १५ देखि १७ गतेसम्म उक्त मेलाको आयोजना गर्न लागेको हो ।

बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त मेलाको आयोजना गर्न लागिएको शान्ति रुपा तमु समाजका निवर्तमान अध्यक्ष तुल बहादुर गुरुङले परापूर्व कालदेखी आयोजना हुदै आएको मेलालाई ब्युताउन आफुहरुले यो पटक मेलाको आयोजना गर्न लागेको बताउनुभयो ।

‘रुपाताल किनारमा पहिले चैते दशैको अवसरमा दुई दिने ठूलो मेला लाग्थ्यो । जसलाई सिस्टेनी मेला भनिन्थ्यो । हजारौंको सहभागीता हुने उक्त मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुन्थे’ गुरुङले भन्नुभयो,‘जहाँ स्थानीयस्तरमा उत्पादन भएका माटोको भाँडा, कुटो कोदालो, फाली, चोयाबाट बन्ने नाङ्लो, डोको लगायतका सामाग्री किन्ने गतिलो अवसर यहि मेला थियो । त्यही अवसर सिर्जना गर्न मेला गर्न लागेका हौं ।’

मेलाकै अवसरमा साविक वडा स्तरीय दोस्रो पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता,भाले प्रतियोगिता, रस्साकस्सी प्रतियोगिताहुने शान्ति बराहथोक तमु युवा परिवारका सल्लाहकार चन्द्र गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा कास्की, लमजुङ, पर्वत, तनहुँ, स्याङजालगायतका जिल्लाबाट २० टिम सहभागी हुने अनुमान रहेको उहांले जानकारी दिनुभयो ।

भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ६० हजार रुपैयाँ, उपविजेताले पुरस्कार स्वरुप ३० हजार रुपैयाँ, तृतीय पुरस्कार १५ हजार, अनुसासति टिमलाई पाँचहजार रुपैंयाँ पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछन् । यसैगरी उत्कृष्ट खेलाडी, बेस्ट सटर, बेस्ट लिफ्टर, बेस्ट ब्लकर, बेस्ट डफेन्डर र बेस्ट सिर्विस गर्नेलाई ट्रफि र जर्सी पुरस्कार दिइने परिवारका अध्यक्ष फसेल बहादुर गुरुङले बताउनुभयो ।

भलिबल टिम दर्ता मिति १०७९ चैत १४ देखि १५ गते दुई बजे सम्म गरि सक्नुपर्नेछ । साथै टिम दर्ता शुल्क पाँच हजार रुपैंया लाग्नेछ । छेलो प्रतियोगितामा प्रथम पुरस्कार पाँच हजार रहेको छ भने दर्ता शुल्क २ सय ५० रुपैंयाँ लाग्नेछ । भाले प्रतियोगितामा प्रथम पुरस्कार भाले रहेको छ भने दर्ता शुल्क एक सय राखिएको छ । यस्तै रस्साकस्सी प्रतियोगितामा प्रथमले पाँच हजार रुपैंयाँ र प्रमाणपत्र पुरस्कार पाउँनेछ । जसका लागि दर्ता शुल्क २ सय ५० रुपैंयाँ लाग्नेछ भने टिममा ५ जना महिलासहित १२ जना हुनुपर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *