सुरक्षाको माग गर्दै बैंकर्स बागलुङद्वारा प्रजिअको ध्यानाकर्षण


आदर्श अनलाइन, बागलुङ
बैंकमा कार्यरत कर्मचारीहरुको सुरक्षाको माग गर्दै बैंकर्स बागलुङद्वारा बागलुङका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको छ । आज बैंकर्स बागलुङले बागलुङका प्रमुख जिल्ला अधिकारी समक्ष बैंकमा कार्यरत कर्मचारीहरुको सुरक्षाको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

बैंकमा कार्यरत कर्मचारी खासगरी शाखा प्रमुख र कर्जा प्रमुखहरुलाई नियमितरुपामा ज्यानमार्ने धम्की दिने, अपरिचित व्यक्तिद्वारा फोन मार्फत धम्की दिने, अपरणको प्रसाय समेत गर्ने कार्य भएको भन्दै बैंकर्स बागलुङद्वारा जिल्ला सुरक्षा समितिलाई बैंकमा काम गर्ने कर्मचारीहरुको सुरक्षाको माग गरिएको छ ।

बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माद्वारा हस्ताक्षरीत ध्यानाकर्षणपत्र बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई बुझाइएको छ । नेपालमा पछिल्लो समय देखिएको आर्थिक संकट र त्यसबाट प्रत्यक्ष असर व्यवसायीहरुलाई पर्न गएको अवस्थामा बैंकले नियमित रुपमा कर्जा असुली गर्ने कार्य प्रभावित भइरहेको सन्र्दभमा कर्जा असुलीका लागि फोन गर्दा र भेटमा ऋणिहरुबाट अमानवीय व्यवहार भएको प्रति घोर आपत्ती जनाउदै बैंकर्स बागलुङले बैंकमा कार्यरत कर्मचारीहरुको सुरक्षाको ग्यारेण्टी लिन प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाइएको हो ।

छिमेकी जिल्ला म्याग्दीमा बिहीबार मात्रै कर्जा असुलीका लागि पुगेका ऋण शाखाका कर्मचारीलाई टाउँकोमा गम्भिर चोट लाग्नेगरी कुटपिट गरिएको र बागलुङमा समेत ऋणिहरुले बैंकमा कार्यरत कर्मचारीहरुलाई अपशब्द बोल्ने, अपहरणको प्रयास गर्ने र अपरिचित व्यक्तिहरु बैंकमा प्रवेश गर्ने कार्यले बैंकमा काम गर्ने कर्मचारीहरुको शारिरिक सुरक्षामा ठूलो चुनौती देखिएपछि जिउधनको सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाइएको बैकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले बताउनुभयो ।

यस अघि समेत बैंकमा कार्यरत कर्मचारीहरुप्रति हातपात भइसकेको र खुलेआम बाटोमा हिड्दा सवारीसाधनले ठक्कर समेत दिने धम्की आइसकेको शर्माले बताउनुभयो । बैंकर्स बागलुङले आफ्नो कर्तव्य पालना गरी कर्जा तथा व्याज असुली गरिरहेका कर्मचारीहरुलाई धम्कीपूर्ण व्यवहार नगर्न सबैलाई आग्रह गरेको छ ।

बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई सुरक्षाको खतरा भएमा तुरुन्तै सुरक्षा नियका समक्ष खबर गर्न आग्रह गर्दै बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीका विषयमा गृह मन्त्रालयबाट समेत परिपत्र आइसकेकाले ढुक्क भएर आफ्नो काम गर्न ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *