आदर्श अनलाइन, बागलुङ
जन्मदिनको खर्च कटाएर मानव सेवा आश्रम बागलुङलाई शुक्रबार खाद्यन्न सहयोग गरिएको छ । जन्मदिनमा अनावश्यक रुपमा गरिने खर्चलाई कटाएर मानव सेवा आश्रमलाई एक दिन पुग्ने खाद्यन्न सहयोग गरिएको हो ।
बागलुङ नगरपालिका–४ कुडुले निवासी रमेश पौडेल र रिता पौडेलकी छोरी रियासा पौडेलको तेस्रो जन्मदिनको अवसरमा रु. ८ हजार बराबरको खाद्यन्न सहयोग प्राप्त भएको मानव सेवा आश्रमका संयोजक विपना तामाङले बताउनुभयो ।
जन्मदिनको अवसरमा एक बोरा चामाल, एक कार्टुन तेल, दाल, नून, चिनी लगायतका खाद्यन्न सामाग्री सहयोग गरिएको हो । जन्मदिनमा गरिने अनावश्यक खर्च कटाएर मानवीय सेवामा सानो भएपनि सहयोग गरेको सहयोगदाता रमेश पौडेलले बताउनुभयो । मानव सेवा आश्रम बागलुङ शाखालाई जन्मदिन, पुण्य तिथीमा बढी मात्रमा खाद्यन्न तथा नगद सहयोग जुट्ने गरेको छ ।