लोकप्रिय भोटमा हामी पहिलो शक्ति नै हौं : सुवेदी

आदर्श अनलाइन, म्याग्दी
नेपका एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले केही प्राविधिक हिसाबले पछाडि परे पनि मतका आधारमा एमाले पहिलो पार्टी भएको दाबी गर्नु भएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ शिखमा भएको मिसन ग्रासरुट अभियान कार्याक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सुवेदीले कुनै एक पार्टीले एमालेलाई जित्न नसक्ने भएकोले नै गठबन्धन र समूह बनाएर चुनावमा होमिएको बताउनुभयो ।

पार्टी सङ्गठनलाई थप सुदृढ र सशक्त बनाउन वडास्तरमा पुगेको नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान म्याग्दी पनि तीव्र रुपमा अगाडी बढाइ रहेको छ । ग्रासरुट अभियानमार्फत एमालेलाई आउँदो निर्वाचनमा पहिलो पार्टी बनाउने बताउँदै आएको छ ।

अभियानमार्फत पार्टी कार्यकतालाई प्रशिक्षित गदै जनताको वीचमा पार्टी, कार्यकता र जनता बीचको सम्वन्धलाई कसिलो बनाउन तथा पार्टी सदस्यता नवीकरण, विस्तारको साथै जनताका समस्या, गुनासा र अपेक्षाहरु समेत सङ्कलन गरिने नेकपा एमाले म्याग्दीले जनाएको छ । यसअघि जिल्ला कमिटीको वैठक, जिल्लास्तरीय तथा पालिकास्तरीमा अभिमुखीकरण सम्पन्न गरी वडास्तरमा ग्रासरुट अभियान सञ्चालन गरिएको छ ।

एमालेले हालै सुरु गरेको मिसन ग्रासरुट अभियानको बारेमा जानकारीसहित अभियानअन्तर्गत पार्टी सङ्गठन सुदृढीकरण तथा विस्तार, सदस्यता नवीकरण, टोल र वस्तीस्तरमा पार्टीको वैठक तथा भेला आयोजना गर्नेलगायत योजनाहरु निर्माण गरिएको छ ।

त्यस्तै रघुगंगा गाउँपालिका–७, चिमखोलामा पनि एमाले जिल्ला सदस्य एवं वडा इन्चार्ज गमबहादुर पुनको संयोजकत्वमा वडा भेला सम्पन्न भएको छ । भेलामा मिसन ग्रासरुट अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण, विस्तार, टोलस्तरीय वैठक एवं भेला आयोजना गर्नेलगायत योजनाहरु बनाइएको छ । भेलालाई एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य प्रमोद श्रेष्ठ र जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले सम्बोधन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *