बाल यौन दुरुपयोग गर्ने बालक पक्राउ

आदर्श अनलाइन, पोखरा
कास्की प्रहरीले बाल यौन दुरुपयोग गर्ने एकजना बालकलाई पक्राउ गरेको छ । कास्कीको एक १४ वर्षिया बालिकाले आफुमाथी आफ्नै आफन्तले बाल यौन दुरुपयोग गरेको भनी सामाजिक सञ्जालमा भिडियो अपलोड गरेपछि कास्की प्रहरीले उक्त घटनाप्रति चासो देखाएको हो ।

प्रहरीले पिडित बालिकाको अभिभावकलाई सम्पर्क गरी बाल यौन दुब्र्यवहार गर्ने ब्याक्तिलाई बाल यौन दुरुपयोग शिर्षकमा जाहेरी दिए पछि उक्त बालकलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार कानुनको विवादमा परेका बालकलाई आज नियन्त्रणमा लिइ कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *