किसान महासंघको ध्यानाकर्षण

आदर्श अनलाइन, बागलुङ

रसायनिक मलमा सरकारले दिदै आएको अनुदना कटौती भएपछि अखिल नेपाल किसान महासंघ बागलुङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

फागुन २६ गते सरकारले रसायनिक मलमा किसानलाई दिँदै आएको अनुदान रकम कटौती गरेपछि कृषि उपज लागतमा भारी वृद्धि हुने भन्दै अनुदान रकम कटौती नगर्न प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ मार्फत ध्यानाकर्षण पत्र बुझाएको अखिन नेपाल किसान महासंघ बागलुङका अध्यक्ष हरी प्रसाद शर्माले बताउनुभयो ।

सरकारको अनुदान कटौतीको निर्णयले देशभरका ६० प्रतिशत किसान प्रभावित बन्ने देखिएको बताउदै अनुदान कटौतीको निर्णण् फिर्ता लिन ध्यानाकर्षण पत्रमा भनिएको छ । प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाउन अगुवा किसानहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *