क्षेत्री महिला समाज बागलुङको अध्यक्षमा खड्का

रोहन जि.सी,बागलुङ

क्षेत्री समाज बागलुङको शनिवार सम्पन्न १५ औं वार्षिक साधारणसभा तथा पाचौ अधिवेशन अन्तरगत क्षेत्री महिला समाज बागलुङको अधिवेशनबाट भावना खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा सिता थापा क्षेत्री, उपाध्यक्षमा धना खड्का, विष्णु कुमारी खत्री, महासचिवमा पम्फा खड्का, सचिवमा सनिता के.सी तथा कोषाध्यक्षमा गिता खड्का चयन हुनु भएको छ ।

त्यस्तै कार्यसमितिका सदस्यहरुमा विद्मा खड्का, भीम कुमारी रोका, धनकुमारी खड्का। देवी कार्की, तुलसी बरुवाल चयन हुनु भएको क्षेत्री समाज बागलुङका महासचिव कविराज जिसीले जानकरी दिनुभयो ।

यो पनि पढ्नुहोस्