कृषकको अनुदान कटौती गरेको विरोध गर्दै राप्रपाको ज्ञापनपत्र

आदर्श अनलाइन, म्याग्दी
सरकारले हालै गरेको निर्णयबाट कृषकले पाउँदै आएको अनुदान कटौती भएको विरोधमा राप्रपाले ज्ञापनपत्र बुझाएको छ । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदानमा गलत दृष्टि लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले अनुदान घटाउने निर्णय फिर्ता लिएपनि किसानलाई अनुदान वितरणमा ढिलाई गरेको महंगी र झन्झटयुक्त अवस्था बनाएको भन्दै तत्काल सहज वातवारण बनाउन माग गदैं ज्ञापनपत्र पठाइएको राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापाले बताउनुभयो ।

रासायनिक मलमा यसअघि ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गर्ने जानकारी केही समय पहिला कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको थियो । मलको अनुदान घटाए सँगै कृषकले यस अघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भन्दै तत्काल सहज आपूर्ती गर्न समेत राप्रपाले माग गरेको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री भिमप्रसाद गौचनलगायतको उपस्थिती रहेको थियो । किसानलाई उपलब्ध गराउने कुनैपनि अनुदान घटाउने नभई बढाउन र सहज वितरण गर्न पर्ने माग गरेको छ । कुनै पनि अनुदानहरु पहुँच भन्दा पनि बास्तविक किसानको हातमा पुग्ने गरी उपलब्ध गराउन समेत राप्रपाले माग गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *