शक्ति विकेन्द्रित गर्न संघीयता ल्याइएको हो : मन्त्री जुग्जाली

आदर्श अनलाइन, म्याग्दी
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीले सिमित ठाउँ र व्यक्तिमा केन्द्रित शक्ति र शासन व्यवस्थालाई विकेन्द्रित हुनु संघीय व्यवस्थाको उपलब्धी भएको बताउनु भएको छ ।

बेनीमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै जुग्जालीले विभेद परेको वर्ग, समुदाय, भूगोल र लिङ्गंको हितकालागि संघियता, गणतन्त्र, समावेशी, समानुपातिक व्यवस्था आवश्यक परेको बताउनुभयो ।

५८ औ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा संयुक्त दलित राजनीतिक संघर्ष समितिले आयोजना गरेको कार्याक्रममा केन्द्रिकृत भएको शक्ति र स्रोतलाई विकेन्द्रित गरेर जनताको पहुँच सम्म पु¥याउन संघीयता ल्याएको हो उहाँको भनाई थियो ।

उहाँले आयआर्जन सुधारका लागि साना र मझौला उद्यम सञ्चालन गर्नेलाई प्रोत्साहन गरिने बताउदै परम्परागत सिपको संरक्षणसँगै व्यवसायिक बनाउन सघाउने प्रतिवद्धता जनाउनुभयो ।

गणतन्त्र र समावेशी व्यवस्थापछिनै नेपालको नीति निर्माण तहमा दलित, महिला, आदिवासी जनजाती समुदायको उपस्थिति बढेको बताउदै उहाँले संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्दै राजनीतिक र प्रशासनिक क्षेत्रमा अग्रसर बन्नुपर्ने मन्त्री जुग्जालीको भनाई थियो ।

नेपालमा पर्यटन, कृषि र साना तथा मझौला उद्योगको विकास मार्फत आर्थिक अवस्था सुधार गर्न सकिन्छ भन्नुभयो । सरकारले अब यही तीन क्षेत्रमा जोड दिएर नीति, बजेट र योजना बनाउँछ उहाँको धारणा थियो ।

कार्यक्रममा दलित अगुवा टेकबहादुर विश्वकर्मा र मनबहादुर चर्माकारले जातीय आधारमा व्यापार व्यवसायबाट बञ्चित गराउने समस्या दलित समुदायले भोगेको देखिएको बताउनुभयो ।

कानुन व्यवसायी प्रेमबहादुर कार्की, राजनीतिकर्मी अजयमिलन श्रेष्ठ र मानवअधिकारकर्मी राम्जीप्रसाद सुवेदीले समाज विकासको क्रमसँगै विभेद घटेको र शैली फेरीएको औल्याउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले विभेद विरुद्धको कानुन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा उत्पीडित जातीय मुक्ती समाजका केन्द्रिय सचिवालय सदस्य पुस्कर बि.क. र केन्द्रीय सदस्य खरमाया बिटालु, दलित अगुवा लालु किसान लगायतले कानुन र संविधानमा व्यवस्था भएको अधिकारको कार्यान्वयन हुन नसकेको बताउनुभयो । कार्यक्रममा गत स्थानीय तह निर्वाचनमा निर्वाचित दलित समुदायका जनप्रतिनिधी र विभिन्न सामाजिक संघ संस्थाको नेतृत्वमा पुगेका दलित समुदायका व्यक्तिहरुलाई सम्मान गरिएको संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीका अध्यक्ष पदम किसानले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *