क्रिकेटर केसी र भण्डारीलाई बानपाको सम्मान


आदर्श अनलाइन, बागलुङ
क्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृह जिल्ला बागलुङमा नगद सहित सम्मान गरिएको छ । जिल्लाको बागलुङ नगरपालिकाले क्रिकेटर खेलाडीद्वयलाई नगद सहित सम्मान गरेको हो ।
राष्ट्रिय टोलीका सदस्य करण र यू–१९ टोलीका सदस्य सुवासलाई सम्मान नगरपालिकाको निर्णय अनुसार आज एक कार्यक्रमका बीच सम्मान गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशसभासद दिलमाया पौवी र बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले खेलाडीद्वयलाई नगद सहित सम्मान गर्नुभएको थियो ।

नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई रु. १ लाख र यू–१९ विश्वकप छनोटमा नेपाललाई विश्वकपसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने सुवासलाई रु. ५० हजार नगदसहित सम्मान गरिएको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । करण बागलुङ नगरपालिका–८ सिगानाका हुन भने सुवास काठेखोला गाउँपालिका–१ पालाका हुन् ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद दिलमाया पौवीले खेलाडीलाई नगरपालिकाले गरेको सम्मानले मनोवल बढाउन सहयोग पुग्ने बताउनुभयो । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रलाई समेत प्राथमिकता राखेको बताउदै खेल क्षेत्रमा उल्लेख्य योगदान पु¥याए वापत सम्मान गरेको बताउनुभयो ।

बागलुङमा जन्मेर नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रियस्तरमा खेल मार्फत देशको नाम राख्न सफल भएकोले खेलाडीहरुलाई सम्मान गरिएको नगर उपप्रमुख राजु खड्काले बताउनभयो । उहाँले राष्ट्रिय खेलाडीको प्रोत्साहन र अन्य खेलाडीहरुलाई पनि हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताउदै खेलाडीले गृह जिल्लाको नाम उचो बनाएको बताउनुभयो ।

आईसीसी विश्वकप लिग टु का खेलमा करणले कुल ५० विकेट लिंदै सानदार प्रर्दशन गरेका थिए । करण नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर अलराउण्डर हुन भने सुवास यू–१९ क्रिकेट टोलीका स्पिनर हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *