धवलागिरि क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गराउन आम विद्यार्थीको माग

आदर्श अनलाइन, बागलुङ
धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनिनियको निर्वाचन तत्काल गर्न माग गर्दै विद्यार्थीले आन्दोलन र तालाबन्दी गर्दै आएका छन् । त्रिभुवन विश्व विदालयले चैत्र ५ गतेका लागि निर्वाचन तोके पनि क्याम्पसमा क्रियाशील केही विद्यार्थी संगठनको लालाबन्दी र आन्दोलनका कारण निर्वाचन हुन सकेको थिएन ।

क्याम्पसमा अध्ययनरत आम विद्यार्थीहरुको समुहले क्याम्पस प्रशासनले निर्वाचनका कार्यक्रम तय गरेर तत्काल निर्वाचन गर्नुपर्ने माग गरेका हुन् । ४ सय ७९ जना विद्यार्थीहरुले सामुहिक हस्ताक्षर गरेर क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायलाई बुझाउनुका साथै तत्काल निर्वाचन गर्न माग सहित ध्यानकर्षण गराएका छन् ।

आम विद्यार्थीहरुले चैत्र ५ गते सम्पन्न हुनुपर्ने निर्वाचनलाई प्रभाव पार्ने गरि गरिएको सम्पुर्ण क्रियाकलपा प्रति ध्यानकर्षण गराएका हुन । उनिहरुले विज्ञप्ती मार्फत संविधानको पद्धत्त मौलिक हकको रुपमा रहेको मतदान गर्ने नेतृत्व चयन गर्ने अधिकारबाट आम विद्यार्थीलाइ बञ्चित गर्न खोज्ने गतिविधि प्रति घोर भर्सना गरेका छन् ।

विद्यार्थीका मौलिक हकलाई स्थापित गर्न जुनसुकै आन्दोलन गर्न पनि तयार रहेको क्याम्पस प्रमुखलाई बुझाएको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनिहरुले परिचय पत्रको विषयमा केही विद्यार्थी संगठनले चुनावलाई विथोल्न खोजेको भन्दै हाम्रो परिचय पत्र नक्कली होईन हामी अवैध विद्यार्थी होईनौ यसर्थ विद्यार्थीको साझा चौतारीको रुपमा रहेको स्ववियु निर्वाचन तुरुन्त गर्न क्याम्पस प्रशासनलाई ध्यानकर्षण गराएका छन् ।

निर्वाचनको विषयमा क्याम्पस मात्र नभएर विभिन्न विद्यार्थी संगठन र सम्बन्धीत सवैले सोच्नुपर्ने क्याम्पसको विविएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी विजय गौतम बताउँछन् । उनले केही विद्यार्थी संगठनको नाममा विद्यार्थीको हक हित विपरित स्ववियु निर्वाचन भाड्ने काम गरेको हुँदा यो आम विद्यार्थीहरुलाई मान्य नभएको बताए ।

‘हामी कुनै विद्यार्थी संगठनको पक्षमा छैनौ केवल आम विद्यार्थीको मागलाई मध्यनजर गरेर क्याम्पस प्रसासनलाई ध्यानकर्षण गराएका हौं । विद्यार्थी गौतमले भने,–‘केही विद्यार्थी संगठन निर्वाचन गर्नुपर्छ भन्ने माग गरिरहँदा केहीले यसलाई भित्रै भित्र भाड्ने रणनिति तय गरेको देखियो । यो आम विद्यार्थीका लागि अन्याय पुर्ण व्यवहार हो । क्याम्पस प्रशासनले तोकेको मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्नुपर्दछ । उनले आम विद्यार्थीका मागलाई वेवास्ता गरेको खण्डमा कडा आन्दोलनमा उत्रिन बाध्य हुने बताए ।

क्याम्पस प्रसासनले केही दिन पहिले १८ गते निर्वाचन गर्ने र गत मंगलबार निर्वाचन कार्यतालिका प्रकाशन गर्ने निर्णय गरेको थियो । तर मंगलबार निर्वाचन कार्यतालिका प्रकाशन हुन सकेन । निर्वाचनको मिति तय गर्दा केही विद्यार्थीले आफ्नो अनुपस्थितिमा मिति तय गरेको हुँदा आफुहरुलाई उक्त निर्णय मान्य नहुने बताएका छन । क्याम्पस प्रशासनले भने चैत्र १८ गते निर्वाचनको मिति तोकिएको र सोही मितिमा निर्वाचन हुने बताएको छ ।
‘आजभोलीमा हामी निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दछौं । केही विद्यार्थी संगठनका विभिन्न माग छ तिनलाई पनि सम्बोधन गरेर लैजानुपर्ने छ क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्यायले भने,–११ गते मनोनयन दर्ताको समय छ त्यो बेला सम्म सहमति होला सवै साथीलाई राखेर निचोड निकालेर हामी निर्वाचन गरेरै छाड्छौं । उनले त्रिवीले पनि चैत्र ५ गने निर्वाचन नभएको क्याम्पसहरुमा तक्काल निर्वाचन गर्न आग्रह गरेका कारण १८ गते निर्वाचन हुने बताए ।

चैत्र ५ गतेका लागि निर्वाचन कार्यतालिका प्रकाशित भए पछि क्याम्पसमा क्रियाशिल अनेरास्ववियु, अखिल क्रान्तीकारी अखिल क्रान्तिकारी विप्लब अखिल क्रान्तिकारी बहुमतका र अखिल संयुक्तले क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी लगाएका थिए । उक्त ताला नेविसंघले फुटाएको थियो । तर तोकिएको मितिमा निर्वाचन हुन सकेन । तालबन्दी गर्ने विद्यार्थीहरुको समुहले परिचय पत्र लगायतका विषयमा माग सम्बोधन हुनुपर्ने बताएका छन । क्याम्पसले उक्त मागलाई सम्बोधन गरेर अगाडी बढ्ने समेत जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *