बागलुङमा वैज्ञानिक समाजवादका लागि जनसङ्गीत अभियान

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टीको वैज्ञानिक समाजवादका लागि जनसङ्गीत अभियान आज बागलुङ बजारमा सम्पन्न गरिएको छ । अभियानमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य आजत केसीले वैज्ञानिक समाजवादका लागि दलाल पूजीवादको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा धौलागिरी इन्चार्ज विकिरण क्षत्रीले वैज्ञानिक समाजवादका लागि सामान्त र दलाली गर्ने विक्ति संस्थालाई सडकमा ल्याउने चेतावनी दिनुभयो । उहाँले गरिबलाई शोष्ण गर्ने वित्तिय संस्थालाई कर्वाही गर्ने चेतावनी दिदै नियमसंग चल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सामना साङ्गीत अभियानका विभिन्न सांस्कृतिक गीत, नृत्य तथा अधियन प्रस्तुत गरिएको थियो । मध्यपहाडी लोकमार्ग अन्र्तगतका शहरमा वैज्ञानिक समाजवादका लागि जनसङ्गीत अभियान चलाइएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *