आदर्श सञ्चारद्वारा राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्यहरु नारायण प्रसाद श्रेष्ठ र सरिता श्रेष्ठका पिता तथा रत्न कुमारी श्रेष्ठका ससुरा बागलुङ नगरपालिका– ३, सुल्डाँडा निवासी भक्त बहादुर श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै घरमै पुगेर श्रद्धाञ्जली सभासँगै राहत हस्तान्तरण गरेको हो ।

श्रेष्ठको निधन भएको नवौं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको हो ।

श्रद्धाञ्जली सभामा संस्थाका सल्लाहकार सुरेश प्रसाद श्रेष्ठ, सञ्चालक अम्बिका जि.सी. र प्रबन्धक दिपकराज सापकोटाले एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद दश हजार रुपैयाँ स्वर्गीय श्रेष्ठको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *