हिमाली जिल्ला मुस्ताङमा चैत्र १८ देखि मिसन ग्रासरुट


आदर्श अनलाइन, मुस्ताङ
गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा नेकपा (एमाले) को मिसन ग्रासरुट अभियान यही चैत्र १८ गतेवाट हुने भएको छ । १८ गते जिल्ला कमिटीको विस्तारित वैठक तथा अभियानको सुभारम्भ कार्यक्रम हुने पार्टी केन्द्रीय सदस्य तथा अभियानका केन्द्रीय प्रतिनिधि गोविन्द वहादुर नेपालीले वताउनुभयो ।

विस्तारित वैठक तथा अभियान सुभारम्भ कार्यक्रममा पार्टीका केन्द्रीय सचिव, प्रदेश इन्चार्ज तथा अभियानको अनुगमन संयोजक कमरेड पद्मा अर्याल, पार्टी स्थायी कमिटी सदस्य, संगठन विभाग प्रमुख तथा गण्डकी प्रदेशका मुख्यमन्त्री कमरेड खगराज अधिकारी लगायतका नेताहरु जाने तयारी भैरहेको छ ।

अभियानको समग्र कार्ययोजना वनाइने र भोलिपल्टवाटै पालिका, वडा र टोलस्तरमा टोलि वनाई परिचालन गरिनेछ । वैठक तथा सुभारम्भ कार्यक्रममा पार्टी प्रदेश÷ जिल्ला कमिटी, गाउँ कमिटीका पदाधिकारी÷ वडा कमिटी अध्यक्ष÷सचिव, पालिकाका निर्वाचित अध्यक्ष÷उपाध्यक्ष÷वडाध्यक्ष, जनसंगठनका केन्द्रीय सदस्य÷ जिल्ला पदाधिकारी र पालिका कमिटीका अध्यक्षहरुको सहभागिता रहनेछ ।

अभियान अन्तर्गत केन्द्रीय सदस्यहरुको नेतृत्वमा प्रदेश कमिटी र जिल्ला कमिटीका कमरेडहरु रहेको टिम निर्माण गरिनेछ र जिल्लामा मौसमको अवस्था हेरेर अभियान कति समयमा सम्पन्न गर्ने भन्ने योजना बनाइने एमाले मुस्ताङले जनाएको छ ।

अनुगमन समितिको निर्देशन अनुसार सामान्यतया वैशाख ११ गतेभित्र अभियान सम्पन्न गर्नेगरि योजना वनाइनेछ । अभियान अन्तर्गत पार्टी र जनसंगठनका सवै तहका वैठक, भेला–प्रशिक्षण, अन्तरिक्रिर्या लगायतका कार्यक्रमहरु गरिने छ । अभियानका क्रममा पार्टी सदस्यहरु स्वयं उपस्थित भएर पार्टी सदस्यता नविकरण तथा विस्तार कार्यक्रम टोल–टोलमा संचालन गरिने छ भने सदस्यता विस्तारमा युवाहरुलाई प्राथमिकता दिइने केन्द्रीय सदस्य कमरेड गोविन्द वहादुर नेपालीले बताउनुभयो । नेपाली जिल्लाको वारागुङ गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिका तथा केन्द्रीय सदस्य कमरेड कृष्ण वहादुर के.सी.लाई जिल्लाको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाको जिम्मा परेको छ भने केन्द्रीय सल्लाहाकार परिषद सदस्य कमरेड नवराज पौडेललाई पनि पार्टीले मुस्ताङमा नै खटाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *