मिसन ग्रासरुटका लागि बेनीमा योजना निर्माण

रामबहादुर जिसी, बागलुङ
नेकपा एमाले सञ्चालन गर्दै आएको मिसन ग्रासरुट म्याग्दीमा जारी छ ।
मिसन ग्रासरुटलाई प्रभावकारी बनाउनका लागि बिहीबार बेनी नगरपालिका स्तरीय योजना निर्माण गरिएको नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा मिसन ग्रासरुटका केन्द्रिय प्रतिनिधि मन कुमारी केसीले बताउनुभयो ।

“मिसन ग्रासरुटलाई बेनी नगरपालिकामा प्रभावकारी बनाउन छलफल गरिएको हो” केसीले भन्नुभयो “गाउँ, टोल र बस्तीमा रणनीतिक ढंगले पुग्नका लागि ग्रासरुट अभियानको कार्ययोजना बनाइएको छ ।”

योजना निर्माणका लागि एमाले बेनी नगरकमिटिको संयोजनमा बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश फगामी, ८ का वडा अधयक्ष ठाकुर प्रसाद शर्मा सहित जिल्ला कमिटि सदस्य उत्तम कुमार कर्माचार्य र टकसरा राना, नगर सचिब सुवास बिश्वकर्मा,अनेरास्ववियु सह– सचिब उदय राज दजिर्, वडा कमिटिका सदस्य सहित मिसन ग्रासरुटको प्रभावकारी कार्यान्वयन संम्बन्धि योजना तयार भएको केन्द्रिय प्रतिनिधि केसीले जानकारी दिनुभयो ।

ग्रासरुट अभियान अन्तरगत टोल–टोलमा पुग्ने र संगठित सदस्यता विस्तार गर्ने र जनबर्गिय संगठनलाई समेत परिचालन गर्ने गरी अगाडी बढ्ने नेकपा एमाले बेनी नगर कमिटिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *