‘सहकारीमा दीर्घकालीन बचतलाई स्थिर सम्पत्ती बनाऔँ’

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सहकारीका सदस्यहरु संस्थामा गर्ने बचत मध्ये दिर्घकालिन बचतलाई स्थिर सम्पत्तीका रुपमा राख्ने योजना अगाडि बढाएको छ । ग्लोवल मनि विक २०२३ अन्तरगत शनिबार संस्थाले आयोजना गरेको युवा लक्षित वित्तीय साक्षरता कार्यक्रममा संस्थाले सञ्चालन गरेको अभियानका बारेमा जानकारी गराइएको हो ।

No description available.

संस्थाले सदस्यहरुका लागि विभिन्न खालका बचत अभियान सञ्चालन गरेको छ, त्यस मध्ये मासिक न्यूनतम १ सय रुपैया बचत गर्ने दीर्घकालिन खाताको रकमलाई स्थिर सम्पत्तीका रुपमा राख्ने गरी अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले जानकारी दिनुभयो ।

No description available.

सहकारीमा पैसा राख्ने र झिक्ने मात्रै होइन, एउटा खातालाई नियमित बचत गर्ने र स्थिर सम्पत्तीका रुपमा राख्ने गर्नाले संस्थाको दिगोपना हुनुका साथै सदस्यहरुको रकम बचत हुने भएकाले संस्थाले दीर्घकालिन बचतको अभियान सञ्चालन गरेको र त्यसलाई ब्राण्डिङ गर्ने लक्ष्यका साथ अगाडि बढेको अध्यक्ष जिसीले बताउनुभयो ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका युवा शेयरसदस्यहरुलाई बचत गर्ने तरिका, वित्तीय संस्थाको अवस्था मुल्याङकन गर्ने विधि र आर्थिक व्यवस्थापनका विषयमा जानकारी गराइएको थियो ।

युवा लक्षित वित्तीय साक्षरता कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक राम बहादुर जिसीले आम्दानी बढाउन, खर्च घटाउन र नियमित बचतका लागि वित्तीय साक्षरता कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

No description available.

“अहिलेको अवस्थामा विलासी आवश्यकतालाई घटाउदै लैजान आवश्यक छ, पहिला खर्च गरेर बाँकी रहेको रकम बचत गर्ने गरेका थियौ, अब आम्दानी गरेको रकमको केही बचत गरेर बाँकी रहेको रकम खर्च गर्न आवश्यक छ, एउटा मानिसले महिनाभर गर्ने आम्दानी र खर्चको हिसाव राख्न नसक्दा आर्थिक नोक्सानी हुने गरेको पाइयो” जिसीले भन्नुभयो “अरुको देखेर खर्च गर्ने भन्दापनि आम्दानी र परिवारको अवस्था हेरेर खर्च गर्न आवश्यक छ ।”

No description available.

आर्थिक व्यवस्थापन गर्न नसक्दा कतिपयको परिवार समेत बिग्रिएको उदारण दिदै जिसीले आम्दानी, खर्च र बचतको व्यवस्थापन गर्न सके जीवन आर्थिक रुपमा सहज हुने बताउनुभयो ।प्रत्येक व्यक्ति र परिवारले आम्दानी कति भयो, खर्च कति भयो र बचत भयो कि भएन भनेर जानकारी लिनका लागि वित्तीय साक्षरताले सहयोग गर्ने भएकाले सबैलाई वित्तीय साक्षरताका बारेमा जानकारी गराउनु पर्नेमा जिसीले जोड दिनुभएको थियो ।

वित्तीय साक्षरता समुदाय र वित्तीय संस्था दुवैका लागि फाइदाजनक रहेकाले सबैले वित्तीय ज्ञान लिन आवश्यक रहेको बताउदै जिसीले पैसाको उचित व्यवस्थापनका लागि वित्तिय साक्षरता अनिवार्य रहेको बताउनुभयो ।

“अहिलेको समयमा कति कमाउछ भन्ने भन्दा पनि कति बचत गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ“ जिसीले भन्नुभयो ”अहिलेको थोरै बचत भोलीको दिनमा ठुलो हुन सक्छ, सानो बचतले परिवार सुखी हुन सक्छ, जति सकिन्छ त्यति बचत गरौं, विलाशी आवश्यकता घटाउदै लगौं ।”

युवा वर्गका लागि वित्तीय साक्षरता अभियानले कुलतमा फस्ने लगायतका समस्याको समाधान गर्न सहयोग पुग्ने उहाँको भनाई थियो । नेपाल राष्ट्र बैंकको समन्वयमा चैत ६ देखि १२ गतेसम्म मनाउन लागिएको ग्लोवल मनि विक २०२३ अन्तरगत सहकारी विभागले सबै सहकारी संघ संस्थाहरुलई युवा लक्षित वित्तीय साक्षरता अभियान सञ्चालन गर्न आव्हान गरेको छ । सोही अनुसार आदर्श सञ्चार सहकारीले सहकारीका युवा शेयर सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरेको हो ।

कार्यक्रम संस्थाका अध्यक्ष हुमाकुमारी जिसी अन्जुको अध्यक्षता, सचिव सरस्वती खड्का परियारको सञ्चालन र संस्थाका सञ्चालक तथा शिक्षा उपसमितिका संयोजक अम्बिका जिसीको स्वागतमा सम्पनन भएको हो ।

No description available.

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकाल देखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ । संस्थामा हाल तीन हजार ४०० शेय सदस्य रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *