शेयर सदस्यको मुहारमा खुसी खोज्नु संस्थाको कर्तव्य हाे–जिसी

आदर्श अनलाइन, म्याग्दी
राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यको मुहारमा खुसी छ या पीडा खोज्नु पर्ने बताउनुभएको छ ।

बेनीमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा बोल्दै जिसीले सदस्यसंगै समुदाय प्रति पनि चासो देखाउनु पर्ने भएकोले सहकारी संस्था थप चनाखो र चलायमान हुन पर्ने बताउनुभयो ।

सहकारीहरुले गर्ने गतिबिधिले उनीहरुको मात्रै नभएर समग्र सहकारी क्षेत्रकै शाखलाई प्रभाव पार्छ त्यसैले त्यस तर्फ पनि सोच्दै सदस्य केन्द्रित कार्यक्रम गर्नु पर्नेमा जोड दिनुभयो । अहिले सहकारी विभागले दिएको निर्देशन अनुरुप कतिपयले कार्यक्रम गरेको र कतिपयले नगरको भन्दै विभागको निर्देशन कानुन भएको हुँदा सबैले पालना गर्नु पर्ने बताउनुभयो ।

सोही अवसरमा सहकारीले स्थापना दिवसको अवसरमा आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा प्रथम हुने प्रकाश माध्यमिक विद्यालयकी छात्रा गृश्मा जिसी, द्वितिय हुने लिटल गार्डेन एकेडेमीकी विदीसा सुवेदी, तृतीय हुने न्यूहोराइजन बोर्डीङ पर्वतकी स्मृती जिसी रहनुभएको थियो ।

त्यसैगरी निवन्ध लेखनमा सान्त्वना स्थान धौलागिरी मावि सिंगाकी सिता गुरुङ र बेनी सामुदायिक विद्यालयकी सजिना शर्माले गर्नुभएको थियो । प्रथम, द्वितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई नगद सहित प्रमाणपत्र प्रदान गर्नुका साथै सहकारीले सञ्चालन गरेको खुत्रुके बचतका लागि खुत्रुके प्रदान गरीएको थियो ।

संस्थाका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, उपाध्यक्ष प्रमिला जोसीको स्वागत तथा सचिव ओमप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *