आर्वा सहकारीको प्रथम वार्षिकोत्सवको

आदर्श अनलाइन, पोखरा
पोखरा–१३ आर्वामा रहेको आर्वा बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो प्रथम वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ ।

स्थापनाको छोटो समयमानै छुट्टै पहिचान बनाउन सफल भएको यस सहकारीले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माध्यामिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता, बृृहत सरसफाइ कार्यक्रम, दीन दुःखीको सहयोग, अन्तरक्रिया कार्यक्रम, खुल्ला रक्तदान कार्यक्रम, पाठेघरको क्यान्सर सम्बन्धी महिला सचेतना कार्यक्रम र जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको संस्थाका अध्यक्ष नवीन बरालले जानकारी दिनुभयो ।

माध्यामिक बिधालय स्तरिय निबन्ध लेखन कार्यक्रममा क्रमशः पोखरा पब्लिक स्कुलकि छात्रा सम्रचना त्रिपाठि प्रथम, ताराकुन्ज सेकेन्डरी बिधालयका छात्रा सुयोग भन्डारी दित्तिय र लक्ष्मी आवासिय बिधालयकि छात्रा जोशिला अधिकारी तृतीय हुनुभएको थियो ।

सहकारीले वित्तीय कारोबार सँगसँगै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सप्ताहब्यापी कार्यक्रम अन्र्तत चैत्र ७ गते बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको सरसफाइ कार्यक्रम संयोजक सृजना बरालले जानकारी दिनुभयो ।

त्यस्तै चैत्र ८ गते संस्थाले एक जना अपांग तथा अशक्त ब्यक्तीलाई स्वास्थ सामाग्री बितरण गरेको थियो । चैत्र ९ गते संस्थाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्योभने चैत्र १० गते संस्थाले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरि ४२ युनिट रगत सन्कलन गरेको थियो । चैत्र ११ गते संस्थाले पाठेघरको मुखको क्यानसर सम्बन्धि महिला सचेतना कार्यक्रम सम्पन्न गर्यो । सो कार्यक्रममा ६० जना भन्दा बढी महिलाले सेवा लिएको कार्यक्रम संयोजक शोभा बास्तोला बरालले जानकारी दिनुभयो ।

सप्ताहब्यापी कार्यक्रमको अन्तिम कार्यक्रमको रुपमा संस्थाले चैत्र १२ गते जेष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो। उक्त कार्यक्रममा संस्थाले ७ जना जेस्ठ नागरिकहरुलाइ सम्मान गरेको हो ।

सप्ताहव्यापी कार्यक्रमको समापन समारोहमा कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी (कोप्स सेन्टर)का अध्यक्ष डिल्लीराम बरालले आर्वा सहकारीले स्थापनाको छोटो समयमा संस्थाले अत्यन्तै स्रहानीय काम गरेको र छोटो अवधिमा सहकारीहरु बीच फरक पहिचान बनाउन सफल भएकोमा धन्यवाद प्रकट गर्नुभयो ।

संस्थाका अध्यक्ष नवीन बरालले प्रथम वार्षिकोत्सवको अवसरमा शेयर सदस्य तथा शुभ चिन्तकहरुलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा संस्था अझै सुढृढ, सवल र बलियोको साथै संस्थालाई परिस्कृत र परिमार्जित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रमको सञ्चालन सचिव शोभित बरालले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *