लिला राई फाउण्डेशनद्वारा सामाजिक व्यक्तित्व सम्मानित

आदर्श सञ्चार,काठमाडौं

लिला राई फाउण्डेशन नेपालले बिभिन्न क्षेत्रमा क्रियाशील सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

संस्थाको प्रथम साधारणसभाका अवसरमा समाजसेवा, शिक्षा, स्वास्थ्य, खेलकुद, पत्रकारिता, कलाकारिता लगायतका क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण कार्य गरेका व्यक्तित्वलाई सम्मान गरेको हो । सम्मानित सामाजिक व्यक्तित्वहरुलाई नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्मान पत्र र खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

सम्मान कार्यक्रमका अवसरमा बोल्दै उनले अथक प्रयासका बिच अध्यारो हटाएको तर अझै पूर्णत उज्यालो नेपाल बनाउन अझै केही बजेट र समय आवश्यक रहेको घिसिङले बताउनुभयो। सरकारले बजेट व्यवस्थापन गरे दुरदराजका अन्धकार गाउँहरुमा पनि केही समय भित्रै बिद्युतको पहुँच पुग्ने उहाँले बताउनुभयो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निवर्तमान महाप्रबन्धक गौविन्द प्रसाद ढकाल, साझा बसका पहिलो महिला चालक रेविका थापा, स्थानीय तहको चुनावबाट केही महिला अध्यक्ष बनेर सक्षम नेतृत्व देखाइरहनु भएका बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, अल्पसंख्यक समुदायबाट ढोरपाटन नगरपालिकाको उपमेयर बन्नुभएका कल्याण कायत, वरिष्ठ अधिवत्ता दिने त्रिपाठी, हेल्पिङ हेण्ड नेपालका अध्यक्ष डा.देवेन्द्र गौतम, वरिष्ठ पत्रकार विनोद त्रिपाठी, डा.सुजित दत्त, समाजसेवी जुनु पुन, विरेन्द्रजंग बस्नेत, सपना रोका सम्मानित हुनुभयो ।

सामाजिक सेवा फाउण्डेशनका अध्यक्ष रविना क्षत्री, १०० ग्रुपका अध्यक्ष बब्लु गुप्ता, हाम्रो टिम नेपालका उमेश बोहरा, सामाजिक अभियन्ता हेमराज थापा, उर्मिला शेरचन, नारायण धिताल, लक्ष्मी बोगटी कुवँर, रिता शाही, प्रकाश कटवाल, गुड टिभीका गंगा लामा घिसिङ, पत्रकार राम सुवेदी, संगम घर्ति, आइटिएफ खेलाडी घम थापा, राजन पाइजा, कलाकार केशु पुन लगायतलाई सम्मानित गरिएको फाउण्डेशनका उपाध्यक्ष प्रकाश शेरचनले बताउनुभयो ।

धरानमा जन्मिएर हङकङलाई कर्मक्षेत्र बनाउनु भएका लिला राईले आफ्नो नाममा २०७८ सालमा गैरनाफामूलक संस्थाको रुपमा फाउण्डेशन स्थापना गरेका थिए । फाउण्डेशनले विशेषतः बालबालिकाका साथै समाजसेवा र परोपकारका क्षेत्रमा काम गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्