खाम्लामा अनेमसंघको प्रशिक्षण

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अखिल नेपाल महिला संघको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । महिलाहरुलाई कम्युनिष्ट सिद्धान्त र अहिलेको अवस्थाका बारेमा प्रशिक्षण दिइएको छ ।

नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरुट विषयक अभिमुखीकरण तथा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित सञ्चालित अभियानको सन्दर्भमा अभिमुखीकरण गरिएको हो ।

खाम्लामा आयोजित अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य खुमबहादुर बानियाँले नेपाली जनताको लोकप्रिय पार्टी एमाले रहेको बताउनुभयो । एमालेले पटक–पटक सरकारको नेतृत्व गर्दा देश विकास र जनमुखी कार्यक्रम ल्याएर गरेको काम जनतासामु छर्लङ्ग रहेकोले आउँदो निर्वाचनमा एमालेलाई मिसन ग्रासरुटमार्फत पहिलो पार्टी बनाइने बताउनुभयो ।

एमाले म्याग्दीका उपसचिव तथा जनसङ्गठन संयोजक थमसरा पुनले एमालेको नीति अनुसार अहिले राज्यका हरेक ठाउँमा महिलाहरुको ३३ प्रतिशत सुनिश्चित गरिएको बताउनुभयो । उहाँले एमालेकै पहलमा आमाको नामबाट पनि नागरिक दिने प्रावधान, राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सुत्केरी हुन नसकेका महिला दिदीबहिनीहरुलाई हेलिकप्टरबाट अस्पताल पु¥याउने कामको सुरुवात, महिलाहरुलाई नेतृत्वमा तहमा पु¥याउन आवश्यक पहल गर्ने जस्ता थुप्रै कामहरु भएको बताउनुभयो ।

कार्यक्रममा सचिवालय सदस्य बानियाँले एमाले नेतृत्वले गरेका असल कामहरु, उपसचिव पुनले राजनीति, राजनीतिमा महिला सहभागिता र मिसन ग्रासरुट अभियानको अर्थ तथा हेमकुमारी गर्बुजाले अनेमसंघको इतिहास र यसले हालसम्म गरेका कामहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा ग्रामीण भेगका महिलाहरुले उल्लेख्य सहभागिता जनाएका थिए ।

अनेमसंघको मुदीका वडा कमिटी सदस्य सन्ता गर्बुजाको अध्यक्षता र जिल्ला समिति सदस्य सुनिता पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा युवा समिति सदस्य सुमिना पुनले स्वागत गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *