आदर्श अनलाइन, बागलुङ
कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको आयोजनामा चैते दशैँको अवसरमा घैटोफोड कार्यक्रम सम्पन्न भएको छ । बागलुङ बजारको हल्लनचोक र धौलागिरी चोकमा आयोजना गरेको घैटोफोड कार्यक्रममा १०३ जनाको सहभागी रहेको थियो ।
पुष्पा गुप्ता घैटोफोडमा विजयी हुनुभएको थियो । प्रत्यक चैते दशैको अवसरमा कपडा तथा फेन्सी व्यवसायी समितिले घैटोफोड कार्यक्रम गर्दै आएको छ । चैते दशैँमा बागलुङ बजार सुनसान भएकोमा फेन्सी व्यवसायीहरु चिन्तित भएको कार्यक्रममा सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा समाजसेवी देव बहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ बागलुङका उप–महासचिव इन्द्रमणी पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । घैटोफोडमा विजयीलाई एक हजार ५०० प्रदान गरिएको थियो ।
कार्यक्रममा कपडा तथा फेन्सी व्यवसायी समितिका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता तथा प्रेमलाल गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।