दुई पत्रकारलाई कालिका पत्रकारिता पुरस्कार


आदर्श अनलाइन, बागलुङ
कालिका भगवती गुठी व्यवस्थापन समितिले चैते दशैको अवसरमा बागलुङका दुई क्रिर्याशिल पत्रकारलाई कालिका पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

मन्दिर व्यवस्थापन समितिले पुरस्कार स्थापना गरेर वर्षेनी कालिा मन्दिरको क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । ‘कालिका पत्रकारिता पुरस्कार–२०७९’ ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज डटकमका कार्यकारी सम्पादक रामकृष्ण बोहरा र परिसुचन साप्ताहिक तथा इपरिन्युजका सम्पादक विजय रानालाई प्रदान गरिएको छ ।



चैते दशैं मेलाको मुल समारोहका प्रमुख अथिति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नगद पाँच/पाँच हजार सहित दोसल्ला र सम्मान पत्रले पत्रकारद्वयलाई पुरस्कार प्रदान गरिएको थियो ।

समितिले सञ्चारक्षेत्रबाट धर्म संस्कृतिको संरक्षण र विकासमा कलम चलाउँदै आएका दुई जना पत्रकारलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । धर्म, संस्कृतिको जर्गेना र प्रचार प्रसारमा महत्वपूर्ण योगदान पुर्याएको भनि पत्रकार बोहरा र रानालाई सम्मान गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले नयाँ विश्वलाई बताउनु भयो ।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य बोहरा २०५६ सालदेखि पत्रकारितामा क्रियाशिल छन् भने राना नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *