अधारभूत मेलमिलाप तालिम हुने


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाको न्यायिक समितिले आधारभूत मेलमिलाप तालिम सञ्चालन गर्ने भएको छ ।

बागलुङ नगरपलिकाको न्यायिक समितिले शुक्रबार देखि स्नातक गरेका २५ जनालाई आधारभूत मेलमिलाप तालिम प्रदान गर्न थालेको बागलुङ नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक राजु खड्काले जानकारी दिनुभयो ।

मेलमिलापका लागि दक्ष जनशक्ति तयार गर्नका लागि संचालन हुने सो तालिम शुक्रबारदेखी शुरु भै १ हप्तासम्म चल्ने छ।

न्यायिक समितिको क्षेत्राधिकार भित्रका विवाद मेलमिलाप प्रक्रियाद्रारा समाधानमा सहयोग पुर्याउन बागलुङ नगरपालिकाले आधारभूत मेलमिलाप तलिमको आयोजना गरेको खड्काले जानकारी दिनुभयो ।

तालिममा स्नातक गरिसकेका २५ जनालाई सहभागी गराइनेछ । शुक्रबारदेखि नगरपालिकाको न्यायिक समितिको सभाहलमा तालिमको आयोजना गरिने छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *