जैमिनीमा चैत १८ र १९ गते विज्ञ सम्मेलन हुँदै

आदर्श अनलाइन, बागगलुङ
बागलुङको जैमिनीमा यहि चैत १८ र १९ गते विज्ञ सम्मेलन हुने भएको छ । जैमिनी नगरपालिकाको आयोजनामा हुन लागेको सम्मेलनको तयारी पूरा भएको नगरपालिकाले जनाएको छ । सम्मेलनमा १० विषयका विषय विज्ञ सहभागी हुने छन् ।

सम्मेलनमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी, पूर्वाधार, पर्यटन, स्थानीय तह तथा नमुना अभ्यास, स्थानीय स्रोत साधान परिचालन, राजश्व तथा अर्थ प्रबन्ध, वन्यजन्तु नियन्त्रण लगायतका विज्ञहरु उपस्थित हुने नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

यो सम्मेलनले नगरपालिकालाई उपलब्धी हासिल गराउन टेवा पुग्ने शर्माको भनाई छ । खास गरि लक्ष्य निर्धारण गर्न, संभावनाको खोजी तथा अध्ययन गर्न, उत्पादन वद्धि गर्न तथा आत्मनिर्भर बनाउन र पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने अपेक्षा लिएको उपप्रमुख शर्माले बताउनुभयो ।

“यो एउटा नयाँ कार्यक्रम हो खास गरि समग्र जैमिनीको विकासका लागि विज्ञ सम्मेलन गर्न थालिएको हो, हाम्रो पालिकामा धेरै संभवना छन्, ति संभावनालाई कसरी उत्पादन र आर्थिक आय आर्जनको स्रो बनाउन सकिन्छ ?, कसरी नागरिकको जीवनस्तर उकास्न सकिन्छ भन्ने विषयमा विज्ञहरुको सुझाव लिन जरुरी छ, यो कार्यक्रमले नगरपालिकामा केही बदल्न सक्ने अपेक्षा लिएका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *