मतदातालाई धन्यवाद दिँदै जनभेटघाटमा सांसद जुग्जाली

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको प्रदेससभा निर्वाचन क्षेत्र २ बाट निर्वाचि रेशमबहादुर जुग्जाली मतदातालाई मतका लागि धन्यवाद दिनकालागि जनभेटघाट अभियान सञ्चालन गर्नुभएको छ ।

राष्ट्रिय राजनीतिमा आएको फेरबदल सँगै गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रले राजिनामा दिए सँगै जुग्जाली फुर्सदिलो पनि हुनभएको छ । राजनीतिमा नयाँ समिकरण बनेपछि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पदबाट समेत बाहिरीनु भएका जुग्जालीले आफ्नो निर्वाचन क्षेत्रका मतदाता र सर्वसाधारणसँग भेटघाटका लागि आफ्नो निर्वाचन क्षेत्रमा खट्न थाल्नुभएको छ ।

‘अहिले संसद चलेको छैन, निर्वाचन लगत्तै राजनीतिक कामले निर्वाचन क्षेत्रका सबै ठाउँमा पुग्न सकेको थिइन,’ उहाँले भन्नुभयो ‘संसद नचलेको समयलाई सदुपयोग गरेर मतदातालाई धन्यवाद दिने । समस्या, एवम् आवश्यकताको सूची संकलन तथा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफलका लागि गाउँ अभियानमा निस्किएको छु ।’

जुग्जालीको टोलीले मालिका गाउँपालिका वडा नम्बर १ निस्कोटमा स्थानीयबासी र नेता कार्यकर्ताहरुलाई भेटघाट गरेर धन्यवाद दिनुका साथै प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरुको अनुगमन गर्नुभएको छ ।

नेपाली काँग्रेसका म्याग्दी प्रदेश ख का सभापतिसमेत रहेका निस्कोटका वडा अध्यक्ष टंकप्रसाद पुन, नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटिका अध्यक्ष अनुप गौचन लगायत सहभागी हुनुभएको थियो । मालिका गाउँपालिकाको रुम, ओखरबोट, देविस्थान, दरवाङ र धवलागिरीका वडाहरुमा पनि जाने कार्यक्रम रहेको जुगजालीले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *