म्याग्दीमा मनाइयो राष्ट्रिय सहकारी दिवस

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीमा पनि ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएकाे छ छ । जिल्ला सहकारी संघको अगुवाइमा भएको कार्यक्रममा जिल्ला भित्रका सहकारीहरुको सहभागिता रहेको थियो ।

‘सहकारीको दिगोपन : स्वनियमन र सुशासन’ भन्ने मुल नाराका साथ मनाइएको सहकारी दिवसको मुल कार्यक्रममा गण्डकी प्रदेससभा सदस्य हरिबहादुर भण्डारीले सहकारीका हरेक अभियान व्यवस्थित बनाएर अगाडी बढ्नु पर्नेमा जोड दिनुभएको थियो । उहाँले शेयर सदस्यमैत्री सहकारी नै दिगो विकासका लागि महत्वपूर्ण हुने भन्दै सहकार्य गरेरै अगाडी बढ्नु पर्नेमा जोड दिनुभएको थियो । सहकारीहरु आफ्नो नीति नियम र सिद्धान्त अनुरुप चलेको खण्डमा कुनै समस्या नहुने र राज्यको नियमलाइ आत्मसात गरेको खण्डमा सबैको साथ पाइने भण्डारीले जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख दिलकुमारी खत्रीले सहकारीले निम्नआयस्तर भएकाहरुको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । सहकारीले महिलाहरुको क्षमता अभिवृद्धि गर्नुका साथै नेतृत्व गर्न सक्ने पनि बनाएको उहाँले बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले संगसंगै मिलेर सबैको उन्नतीका लागि सहकारी क्षेत्रको पनि उचित व्यवस्थापन सहित विकास हुनुपर्नेमा जोड दिनुभयो । सहकारीमा केही समस्या भएको खण्डमा स्थानीय सरकारले पनि त्यस्तो समस्या समाधानका लागि प्रयास गर्ने बताउँदै अबका दिनमा कुनै पनि मूल्यमा जनताको जीवनस्तर उकास्न सहकारी लाग्नु पर्ने बताउनुभएको थियो । सहकारी भित्रको कमी कमजोरी भएको खण्डमा त्यसलाई सच्चाएर सहकारी आन्दोलनलाई प्रभावकारी तबरले अगाडी बढाउनु पर्ने बताउनुभयो ।

जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले सहकारी आन्दोलनको उचाइलाइ अझै मजबुत बनाउनका लागि आफ्नो भूमिका बुझेको बताउँदै जिल्लामा रहेका सहकारीहरुमा समस्या नरहेको बताउनुभयो । कहि कतै केही सामान्य समस्या होलान् तर सबै स्थानीय व्यक्तित्वहरु नै रहेको हुनाले त्रसित हुन पर्ने अवस्था छैन । कहि कतै समस्या आएको खण्डमा हामी त्यसलाई समाधान गरेर अगाडी बढ्छौं त्यसैले हल्लाको भरमा तर्सीनु भन्दा पनि सत्य तथ्य बुझेर मात्रै कुनै कदम चाल्नु पर्ने उहाँको तर्क थियो ।

सहकारी संघ म्याग्दीका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले सहकारीको बद्नाम गर्नका लागि केही समूह लागेकोले उनीहरुले सहकारीको चुस्तता देखेर आफै थाहा पाउने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *