ट्याक्टरले किच्दा गलकोटमा २३ वर्षीय युवाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
बागलुङमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको हो ।

बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटिया बजार आउँदै गरेको ध १ त ६०९ नम्बरको ट्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको मृत्यु जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।

ट्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खसेको उहाँको भनाई छ । घरमाथि खसेको ट्याक्टरले च्यापिदासलामी घाइते भएको र उद्धार गर्दागर्दै मुत्यु भएको खड्काले बताउनुभयो ।

ट्याक्टर चालक गलकोट नगरपालिका–९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरि रहेको प्रहरीको भनाई छ । ट्याक्टरले पार्किङ गरी राखिएको लु ६३ प ९०९ नम्बरको स्कुटरसमेत च्यापिएर पुर्ण रुपमा क्षति भएको । उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *