गण्डकी प्रज्ञा प्रतिष्ठानको सक्रियता प्रति मुख्यमन्त्री सन्तुष्ट

आदर्श अनलाइन, पोखरा
गण्डकी प्रज्ञा प्रतिष्ठानले गर्ने गरेका गतिविधिप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सन्तुष्टी व्यक्त गर्नुभएको छ । प्रतिष्ठान स्थापनाको दोस्रो वर्ष पुरा हुन लागेको अवसरमा बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताउनुभएको हो ।

‘गण्डकी प्रदेश कला, साहित्य, संगीत र संस्कृतिको उर्वरभुमी हो, यो उर्वर भुमीलाई थप उर्वर बनाउन स्थापनाको छोटो समयमानै प्रतिष्ठानले खेलेको भुमिका प्रति सन्तुष्ट छु’ उहांले भन्नुभयो । प्रतिष्ठानले एकसाथ आयोजना गरेका पाँचवटा कार्यक्रममा सहभागी बन्दै उहांले प्रतिष्ठानलाई थप क्रियाशिल बनाउन आफ्नो साथ सदैव रहने वाचा गर्नुभयो । प्रतिष्ठानले गरेका कार्य र यसको सक्रियताले यो क्षेत्रमा थप रौनकता थप्ने उहांको विश्वास रहेको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, रंगकर्मी शिव संकल्प लगायतले बोलेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले दिनुभयो ।

‘गण्डकी नाट्यदर्पण’ प्रकाशन
प्रतिष्ठानले गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गरेको छ । दूईसय पेजको यो पुस्तकमा गण्डकी प्रदेशका ११ वटै जिल्लाको नाट्य गतिविधिको इतिहास र वर्तमान अवस्थाको बारेमा उल्लेख गरिएको छ । गण्डकी प्रदेशमा सामुदायिक नाट्यचेतको अवस्था बारेको जानकारीसँगै नाट्य क्षेत्रमा स्थापित बनेका नाट्यकारको अन्र्तवार्ता पुस्तकमा समावेश छ । मनकुमार श्रेष्ठ, परिवर्तन र शिवसंकल्पले सम्पादन गरेको यो पुस्तक गण्डकी प्रदेशको नाट्य क्षेत्रबारे थाहा पाउने महत्वपूर्ण पुस्तक बन्ने विश्वास प्रतिष्ठानले गरेको छ ।

श्रष्टाको वायोग्राफी तयार हुँदै
प्रतिष्ठानले यो वर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ जना श्रष्टाको वायोग्राफी तयार पारेको छ । जस अन्र्तगत संस्कृतीकर्मी तीर्थ श्रेष्ठको वायोग्राफी बुधबार विमोचन गरियो ।
डा. रविलाल अधिकारी, तीर्थ श्रेष्ठ, यादवचन्द्र भुर्तेल, दुर्गा बराल वात्स्यायन, काजी रोशन, प्रेम छोटा, जीवन शर्मा, खड्ग गर्बुजा, शान्ति नारायण श्रेष्ठ, इन्द्र विकल्प, सुन्दर कुमार जोशी, डा.कुशुमाकर न्यौपाने, अम्बर गुरुङ, पुरुषोत्तम न्यौपाने, आलोक गुरुङ, पृथ्वीनारायण श्रेष्ठ, माया गुरुङ, कृष्ण गुरुङ, डा.बम बहादुर जिताली, रोशन गुरुङ, रामचन्द्र घिमिरे शास्त्री, आलोक श्री, धोज गुरुङ, बुद्धि प्रसाद गूरुङ गौरी, गोविन्द विनोदी, अम्बर विरही गुरुङ, पुष्परत्न महतो लगायतका श्रष्टाको वायोग्राफी निर्माण प्रतिष्ठानले गरेको छ ।

केही श्रष्टाको वायोग्राफी संकलन हुने क्रममा समेत रहेको उपकुलपति गोरे गुरुङले जानकारी दिनुभयो । सम्पादन पछि सबै श्रष्टाका १५ मिनेटका बागोग्राफी वेभसाइटमा राखिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *