आदर्श अनलाइन, बागलुङ
मानव अधिकारका लागि एकल महिला समुह बागलुङको छैठौँ साधारण सभा बुधबार सम्पन्न भएको छ ।
सो अवसरमा बोल्ने वक्ताहरुले महिला तथा बिभिन्न पिछडिएको वर्ग र क्षेत्रका अधिकार सुुनिश्चीत गर्नका लागि राज्यले विभिन्न सकरात्मक कानुन निर्माण गरेको भन्दै उहाँहरुले महिला सम्बन्धि संविधानमा उल्लेख भएका नीति नियमको व्यवहारमा कार्यान्वयन हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुहका सल्लाहकार तथा अधिवक्ता राम शर्मा, लक्ष्मी बास्कोटा, एकल महिला समुहका अध्यक्ष टिका भण्डारी, सदस्य पार्वती खड्का अधिकारी लगायतले बोलेका थिए ।
कार्यक्रम मानव अधिकारका लागि महिला एकल महिला समुहका अध्यक्ष खडक कुमारी खड्काको अध्यक्षता, कोषाध्यक्ष सन्तु खड्काको स्वागत मन्तव्य र सचिव सिता देबी सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमका सहभागीले द्धन्दप्रभावित तथा विभिन्न कारणले एकल जीवन जिउन बाध्य महिलाको हक अधिकार सुरक्षित गर्नका लागि सबै एकजुट हुनुपर्ने बताए ।